default_image

7 years ago

June 25, 2018

सिएमजी क्लब संकटा विजयी, झापालाई सफलता

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटाले राजधानीमा जारी तेस्रो संस्करणको ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा भएको सोमबार भएको समूह ‘सी’ खेलमा संकटाले विभागीय नेपाल एपिएफ क्लबलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

संकटाको जितमा उमेश सुरा र अभिषेक श्रेष्ठले गोल गरे । पराजित टिमका लागि भोजराज मगरले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता भने एपिएफले लिएको थियो । एपिएफका भोजराजले ५५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, एपिएफको त्यो अग्रता तीन मिनेट पनि टिकेन ।

संकटाका उमेशले ५८ औं मिनेटमा बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको थप गरिएको समयमा अभिषेक श्रेष्ठले गोल गर्दै संकटालाई महत्वपूर्ण ३ अंक दिलाए । आजै भएको यस समूहको अर्को खेलमा झापाले च्यासमाथि ३–१ को जित निकालेको थियो ।

प्रतियोगिता अन्र्तगत मंगलबार समूह ‘बी’ का दुई खेल हुदैछ । पहिलो खेलमा ब्रिगेड ब्वाइज र मोरङले दिउसो १ः३० बजे प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा दिउसो ४ बजे जावलाखेल र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.