7 years ago
June 28, 2018
मस्को (एजेन्सी)– ब्राजिल समूह विजेताका रुपमा विश्व कपको नकआउट चरणमा पुगेको छ । समूह ‘इ’का दुई अन्तिम अलग अलग खेलमा ब्राजिलले सर्बियालाई २–० ले हरायो भने अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टा रिकाले २–२ को बराबरी खेलेका थिए । स्विट्जरल्यान्ड उपविजेताका रुपमा अघि बढेको छ । अब क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलले मेक्सिको र स्विट्जरल्यान्डले स्विडेनको सामना गर्नेछ । समूह ‘एफ’बाट स्विडेन विजेता र मेक्सिको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए ।
समूह ‘इ’मा ब्राजिलले ७, स्विट्जरल्यान्डले ५, सर्बियाले ३ र कोस्टा रिकाले १ अंक जाडे । ब्राजिलको जितमा पाउलिन्हो र थिएगो सिल्भाले गोल गरे । पाउलिन्होले ३६ औं मिनेटमा ब्राजिलका लागि गोलको खाता खोलेका थिए । काउटिन्होको पासमा बल अघि बढाएका पाउलिन्होले गोल गरेका थिए ।
उनलाई रोक्न विपक्षी गोलकिपर अघि बढ्दा त्यसैमा पाउलिन्होले मौकाको फाइदा उठाएका थिए । सिल्भाले ६८ औं मिनेटमा गोल गर्दै टोलीको जितलाई निश्चित पारे । नेयमारको कर्नरमा आएको बलमा सिल्भाले हेडमार्फत गोल गरेका थिए ।
अर्को खेलमा स्विट्जरल्यान्डले दुई पटकको अग्तालाई जोगाउन सकेन । ब्लिरिम डिजेमेलीको गोलमा ३१ औं मिनेटमा अग्रता लिएको स्विट्जरल्यान्डविरुद्ध कोस्टा रिकाका केन्डेल वेट्सनले बराबरी गोल गरे । खेलको अन्त्यतिर दुवै टोलीले गोल थपे । ८८ औं मिनेटमा जोसिप ड्रिमिकले गोल गर्दै पुन स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।
इन्जुरी समयको तेस्रो मिनेटमा यान सोमेरले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो । त्यसअघि कोस्टा रिकाका ब्रायन रियुज पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको ब्राजिलले अर्को खेलमा कोस्टा रिकालाई २–० ले हराएको थियो । अन्य खेलमा स्विट्जरल्यान्डले सर्बियालाई २–१ ले र सर्बियाले कोस्टा रिकालाई १–० ले हराएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]