default_image

7 years ago

June 28, 2018

जर्मनीको प्रशिक्षकमा लोउको निरन्तरता

140 views

0 Bookmark

बर्लिन (एजेन्सी)– जर्मनी विश्व कपको समूह चरणबाटै बाहिरिएपनि जोचिम लोउ टोलीको प्रशिक्षकमा निरन्तर रहने भएका छन् । जर्मन फुटबल महासंघ (डिएफबी) का अध्यक्षले लोउको निरन्तरताका विषयमा पक्का गरेका छन् ।

साविक विजेताका हैसियतमा रसिया पुगेको जर्मनी समूह चरणको पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो । यद्दपी त्यसपछि स्विडेनलाई २–१ ले हराउँदै जर्मनी विश्व कपमा फर्केको थियो ।

तर समूह चरणको तेस्रो तथा अन्तिम खेलमा जर्मनी एसियाली टोली दक्षिण कोरियासँग २–० ले पराजित हुँदै विश्व कपबाट बाहिरिएको थियो । डिएफबीका अध्यक्ष रेनहार्ड ग्रिन्डेलले कोरियाको खेलअघि नै उनी प्रशिक्षकमा निरन्तर रहने निर्णय भएको बताएका छन् ।

‘डिएफबीको कार्यसमितिले विश्व कप अघि नै सम्झौता थप्ने विषयमा हामीले निर्णय लिएका थियौं,’ अध्यक्ष ग्रिन्डेलले भने, ‘विश्व कपपछि टोलीको रुपान्तरणका लागि प्रयास हुनेछ । त्यो रुपान्तरण लोउबाटै सम्भव छ । एक वर्षअघि नै कन्फेडेरेसन कप युवा खेलाडीका साथ जित्न सकिन्छ भन्ने उनले प्रमाणित गरिसकेका छन् । हामीलाईलाई त्यसमा विश्वास छ ।’ समूहको पुछारमा रहँदै जर्मनीले यसपटकको विश्व कपको यात्रा टुंगाएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.