default_image

7 years ago

June 28, 2018

जापान अन्तिम १६ पुग्ने एक्लो एसियाली मुलुक बन्न सक्ला ?

145 views

0 Bookmark

भोल्गोग्राड (एजेन्सी) – एसियाली राष्ट्र जापान रूसमा जारी फिफा विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनल नजिक छ । समूह ‘एच’ को शीर्षस्थानमा रहेको जापानले बिहिबार समूह चरणबाटै बाहिरिसकेको पोल्यान्डका सामना गर्नेछ । खेल भोल्गोग्राड एरिनामा साँझ ७ः४५ बजेपछि शुरु हुनेछ ।

पोल्यान्डविरुद्धको खेलमा बराबरीले पनि अन्तिम १६ मा प्रवेश गर्ने जापान अंक नगुमाउने योजनामा हुनेछ । समूह चरणको पहिलो खेलमा कोलम्बियालाई स्तब्ध पारेको जापानले सेनेगलविरुद्धको खेलमा दुईपटक पछि परेको अवस्थामा बराबरी गर्न सफल भएको थियो ।

बलियो प्रतिद्धन्द्धीहरुलाई रोक्न सफल जापान उच्च मनोबलमा रहेको छ । यही मनोबल पोल्यान्डविरुद्धको खेलमा रहने विश्वास गर्न सकिन्छ । पोल्यान्डविरुद्धको खेलमा अंक नगुमाउने योजना सफल भएमा जापान अघिल्लो चरणमा प्रवेश गर्ने एसियाको एक्लो टोली बन्नेछ ।

विश्वकपमा एसियाबाट प्रतिनिधित्व गरेका साउदी अरेविया, इरान, अष्ट्रेलिया र दक्षिण कोरिया प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् । पराजित भएको खण्डमा भने सेनेगल र कोलम्बियाको खेलको जापानको अघिल्लो यात्राको बाटो देखाउनेछ ।

बराबरीले पर्याप्त हुने भएपनि जापानी टिमका प्रशिक्षक एकिरा निसिनोले ३ अंककै लागि खेल्ने बताएका छन् । यता, जापानसँग पराजित भए पोल्यान्डको रसिया विश्वकपमा सबैभन्दा खराव प्रदर्शन हुनेछ ।

समूह ‘एच’ मै कोलम्बिया र सेनेगलले प्रतिस्पर्धा गर्दैछ । दुवै टोलीको अघिल्लो चरण पुग्ने लक्ष्य जीवितै रहेकाले दुवै टोली जितका लागि खेल्नेछ । समूहमा ४ अंक जोडेको सेनेगलाई बराबरी नै पर्याप्त हुनेछ ।

यता कोलम्बियालाई निशिचत जितको खाँचो छ । शीर्षस्थानको जापान र दोस्रो स्थानको सेनेगलको समान ४ र कोलम्बियाको ३ अंक छ । पोल्यान्ड २ खेलमा अंक विहिन छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.