7 years ago
June 28, 2018
कलिनइनग्राड (एजेन्सी) – उपाधिको दाबेदार इङ्ल्यान्ड र बेल्जियमले यसपटक विश्व कपको एउटै समूहमा रहेर दमदार शुरुवात गरेका थिए । विपक्षी टिमविरुद्ध ८ गोल अनि दुई गोल खानु । इङ्ल्यान्डमा ह्यारी केन र बेल्जियममा रोमेलु लुकाकुको उच्च प्रदर्शन । यही समान विशेषता भएको इङ्ल्यान्ड र बेल्जियमबीच को अब्बल भन्ने अग्निपरीक्षा आज राति हुदैछ । खेल कलिनइनग्राडस्थित एरिनामा राति ११ः४५ बजेछि हुनेछ ।
समूह चरणको पहिलो खेलमा इङ्ल्यान्डले ट्युनिसियामाथि २–१ को कठिन जित दर्ता गर्दा विश्वकपमा नवप्रवेशी पानामा माथि ६–१ को फराकिलो जित निकाल्दै बलियो दाबेदारी पेश ग¥यो । यो खेलमा इङ्ल्यान्डका कप्तान ह्यारी केनले कीर्तिमानी ह्याट्रिक पूरा गरेका थिए । यही समूहमा रहेको बेल्जियमले पहिलो खेलमा पानामामाथि ३–० को सहज जित निकाल्दा ट्युनिसियामाथि ५–२ को सहज जित निकाल्दै समूहमा आफु पनि बलियो रहेको दावेदारिता प्रस्तुत गरे ।
यसैले यि दुइ टिमबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दुवै टोली अन्तिम १६ मा प्रवेश गरिसकेका कारण यि दुई टिमबीचको खेलले समूह विजेता निर्धारण गर्नेछ । बराबरीमा खेल टुंगिए इङ्ल्यान्ड समूह विजेताको रुपमा अघि बढ्दा बेल्जियम उपविजेता हुनेछ । अघिल्लो चरण प्रवेश गरिसकेका कारण दुवै टोली अपराजित रहने योजनामा हुनेछ ।
दुवै टोलीमा सबै पक्ष बलियो देखिएको छ । ह्यारी केन र रोमेलु लुकाकुले यसअघिका दुवै खेलमा दुई वा त्यो भन्दा भन्दा बढी गोल गरेका छन् । उच्च लयमा रहेको केन र लुकाकुमध्ये बिहिबारको खेलमा कसले गोल गर्ने हो त्यो भने हेर्न बाँकी छ । युवा खेलाडीहरुले भरिएको इङ्ल्यान्डलाई केनसँगै जेसे लिङ्गार्ड, मार्कुस रासफोर्ड र इरिक ड्रियर टिमको लागि बलियो पक्ष हुनेछ । डेल अलीको चोट इङ्ल्यान्डलाई घातक बन्न सक्नेछ ।
यि दुई टिम अहिलेसम्म ६ पटक आमनेसामने हुदा इङ्ल्यान्ड नै हावी देखिएको छ । ४ खेल बराबरीमा सकिदा दुई खेलमा इङ्ल्यान्ड विजयी भएको छ । इङ्ल्यान्ड यही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने, बेल्जियम इङ्ल्यान्डसँगको हारको श्रृङ्खलालाई तोड्ने योजनामा हुनेछ । १९५४ को विश्वकपमा यि दुई टिमले अतिरिक्त समयमा ४–४ गोलको बराबरी खेलेको थियो ।
१९८० को युरोकपमा १–१ गोलको बराबरी खेलेका थिए । १९९० को विश्वकप र १९९८ को मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा सकिएको थियो । त्यसयताका दुवै भेटमा इङ्ल्यान्डले बाजी मारेको थियो । पछिल्लोपटक यि दुई टिमले २०१२ मा मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड १–० ले विजयी भएको थियो ।
यही समूहमा पानामा र ट्युनिसियाले प्रतिष्ठाको लागि अन्तिम खेल खेल्दैछ । नवप्रवेशी पानामा रसिया विश्वकपलाई यादगर बनाउन ट्युनिसियालाई पराजित गर्दै घर फर्कने योजनामा हुनेछ । यता, टयुनिसियापनि अन्तिम खलमा जित हात पार्ने लक्ष्यमा रहनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]