7 years ago
June 28, 2018
भोल्गोग्राड (एजेन्सी) – समूह चरणको अन्तिम खेलमा पोल्यान्डसँग पराजित भएपनि जापान अन्तिम १६ मा पुगेको छ । पोल्यान्डसँग १–० ले खेल गुमाएपनि अर्को खेलमा कोलम्बियाले सेनेगललाई १–० ले हराएपछि जापानको प्रि क्वार्टरफाइनल यात्रा निश्चित भएको थियो ।
कोलम्बिया ६ अंकसहित समूह एचको विजेता बन्दा समान ४ अंक भएपनि जापान समूह उपविजेता रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।जापान र सेनेगलले ३ खेलमा बराबरी ४ अंक, बराबरी ४ गोल गरेर तथा बराबरी ४ गोल खाएपछि फेयर प्लेका आधारमा जापान अगाडि बढेको हो । जापानले ३ खेलमा ४ वटा पहेलो कार्ड पाउँदा सेनेगलले भने ६ वटा पहेलो कार्डको दर्शन गर्नुपरेको थियो ।
बराबरी गरे पुग्ने खेल गुमाएसँगै सेनेगल यसपटक विश्व कपको समूह चरणबाट बाहिरिने १६ औं टोली बनेको छ । प्रतिष्ठाका रुपमा रहेको खेलमा पोल्यान्डका लागि जान बेन्डनारेकले ५९ औं मिनेटमा गोल गरेका थिए ।

SAMARA, RUSSIA – JUNE 28: Yerry Mina of Colombia celebrates with teammates after scoring his team’s first goal during the 2018 FIFA World Cup Russia group H match between Senegal and Colombia at Samara Arena on June 28, 2018 in Samara, Russia. (Photo by Stu Forster/Getty Images)
अर्को खेलमा ७४ औं मिनेटमा यरी मिनाले गरेको गोलमा कोलम्बियाको जित मात्र होइन प्रि क्वार्टरफाइनलको यात्रा निश्चित भएको थियो । कर्नरमा आएको बलमा मिनाले हेडमार्फत गोल गरेका थिए । यसअघि पोल्यान्डलाई ३–० ले हराउँदा पनि मिनाले पहिलो गोल गरेका थिए ।
पहिलो खेलमा जापानसँग २–१ स्तब्ध भएपछि दबाबमा रहेको कोलम्बिया अर्को खेलमा पोल्यान्डलाई हराउँदै प्रतिस्पर्धामा फर्केको थियो । पोल्यान्डलाई २–१ ले हराउँदै सुखद सुरुवात गरेको सेनेगल जापानसँगको दोस्रो खेलमा २–२ को बराबरीमा रोकिएको थियो ।
समूह चरणको खेल सकिदा कोलम्बियाको ६, जापान र सेनेगलको समान ४ र पोल्यान्डको ३ अंक रह्यो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]