7 years ago
June 29, 2018
मस्को ( एजेन्सी) – रसियामा जारी फिफा विश्वकपमा समूह चरणका खेल समाप्त भइसकेका छन् । ४८ खेल सकिँदा सहभागी ३२ टोली मध्ये आधा टोली घर फर्केका छन् । साविक विजेता तथा ४ पटकको विश्वकप जितेको जर्मनी समूह चरणबाटै बाहिरिनु यस पटक विश्वकपको सबैभन्दा अप्रत्यासित नतिजा रह्यो ।
मेक्सिको, स्वीडेन, दक्षिण कोरिया रहेको समूहमा जर्मनी दुई खेल हार्दै समूहको पूछारमा रहँदै घर फर्केको हो । यस्तै युरोपको अर्को राम्रो टोली मानिएको पोल्याण्ड पनि समूह चरणबाट अगाडि बढ्न सकेन ।
सर्वा्धिक ५ पटकको विजेता ब्राजिल, २ पटकको विजेता अर्जेन्टिनाले अन्तिम खेल जित्दै अन्तिम १६ मा स्थान बनाए भने आयोजक रसियासहित उरुग्वे, फ्रान्स, इंग्ल्याण्ड र बेल्जियमले समूह चरणको एक खेल अघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको थियो। अब शनिबारबाट नटआउट चरणका खेलहरु सुरु हुनेछन् ।
प्रिक्वाटरफाइनलमा सबैभन्दा प्रतिक्षा गरिएको खेल दुई पूर्व च्याम्पियन अर्जेन्टिनार फ्रान्सबीच हुनेछ । नाइजेरियासँगको अन्तिम खेलमा बराबरी वा हारको नतिजाले
अर्जेन्टिना समह चरणबाटै बाहिरिने थियो । तर जित हासिल गर्दै समूह ‘डी’को उपविजेता बन्दै समूह ‘सी’ को विजेता फ्रान्ससँग भेट पक्का गरेको हो ।
यस्तै दुई पटकको विजेता उरुग्वे र पोर्चुगलबीचको खेल पनि हेर्न लायक हुनेछ । प्रिक्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टोली छन् भने दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक एक टोली छन् । पछिल्लो ३६ वर्षमा अफ्रिकाबाट भने कुनै पनि टोली अन्तिम १६ मा पुग्न सकेन ।
अन्तिम १६ मा पुग्ने टोली- उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्वीट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम, इंगल्याण्ड, कोलम्बिया र जापान
प्रिक्वार्टरफाइनल समिकरण
असार १६ गते
समूह ‘सी’ विजेता (फ्रान्स) विरुद्ध समूह ‘डी’ उपविजेता (अर्जेन्टिना) ७ः४५ बजे
समूह ‘ए’ विजेता (उरुग्वे) विरुद्ध समूह ‘बी’ उपविजेता (पोर्चुगल) ( ११ः४५ बजे
असार १७ गते
समूह ‘बी’ विजेता (स्पेन) विरुद्ध समूह ‘ए’ उपविजेता (रसिया) ७ः४५ बजे
समूह ‘डी’ विजेता (क्रोसिया) विरुद्ध समूह ‘सी’ उपविजेता (डेनमार्क) ११ः४५ बजे
असार १८ गते
समूह ‘ई’ विजेता (ब्राजिल) विरुद्ध समूह ‘एफ’ उपविजेता (मेक्सिको) ७ः४५ बजे
समूह ‘जी’ विजेता (बेल्जियम) विरुद्ध समूह ‘एच’ उपविजेता (जापान) ११ः४५ बजे
असार १९ गते
समूह ‘एफ’ विजेता (स्वीडेन) विरुद्ध समूह ‘ई’ उपविजेता (स्वीट्जरल्याण्ड) ७ः४५ बजे
समूह ‘एच’ विजेता (कोलम्बिया) विरुद्ध समूह ‘जी’ उपविजेता (इङ्ल्याण्ड) ११ः४५ बजे
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]