default_image

7 years ago

June 29, 2018

फ्रान्सविरुद्ध उत्रने तयारीमा जुट्दै मेस्सीको अर्जेन्टिना

109 views

0 Bookmark

काजान (एजेन्सी)– कमजोर सम्भावनाबीचबाट यसपटकको विश्व कपमा अघि बढेको अर्जेन्टिनाले फ्रान्सविरुद्ध हुने प्रि क्वार्टरफाइनलका लागि अभ्यास गरेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार लियोन मेस्सीको उच्च प्रदर्शनबाट प्रेरित टोलीले समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकआउट चरणको यात्रा तय गरेको थियो ।

अर्जेन्टिना र फ्रान्सबीच शनिबार प्रतिस्पर्धा हुँदैछ । काजान एसियामा नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुने खेलमा फ्रान्सेली टोलीको मुख्य ध्यान मेस्सीलाई रोक्नेनै हुने अनुमान गर्न सकिन्छ । बार्सिलोनाका सुपर स्टार मेस्सीले समूह चरणको प्रदर्शनमा अघिल्ला दुई खेलमा भन्दा निकै स्तरीय प्रदर्शन गरेका थिए ।

धेरै अनुमान छ, फ्रान्स विरुद्ध पनि उनको त्यहि लयले निरन्तरता पाउनेछ । फ्रान्सको चुनौतिलाई पार गर्न पक्कै सहज हुने छैन । तर पनि मेस्सी लयमा देखिए भने अर्जेन्टिनालाई रोक्न पनि सहज हुने छैन । सुरुवाती दुई खेलको प्रदर्शनबाट टोलीका प्रशिक्षक जर्ज साम्पोलीको चर्को आलोचना भएको थियो ।

पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरी खेलेको अर्जेन्टिना क्रोएसियासँग ३–० ले पराजित भएको थियो । त्यो खेलपनि साम्पोली बर्खास्तमा पर्ने अनुमान गरिएको थियो । तर, त्यस्तो भएन उनी यथावत टोलीको प्रशिक्षक छन् ।

टोलीमा थुप्रै नाम चलेका खेलाडी हुनका वावजुद अर्जेन्टिनाले पहिलो दुई खेलमा सन्तुलित प्रदर्शन गर्न सकेन । जसका कारण टोलीले २ खेलमा १ अंकमा चित्त बुझाउनु परेको थियो । ३ खेलमै अपराजित रहेपनि फ्रान्सको प्रदर्शन पनि अ‍ेपक्षा अनुरुप नहेरको बताइन्छ । टोलीले ३ खेलमा २ खेलमा जित र १ मा बराबरी गर्दै अघि बढेको थियो ।

सफल नतिजा लिदै अघि बढेको फ्रान्स र निकै उतारचढाव यात्रा तय गरेको अर्जेन्टिनाबीच कसले वाजी मार्छ भन्नेमा धेरैको चासो हुनेछ । यी दुईबीचको विजेताले क्वार्टरफाइनलमा उरुग्वे वा पोर्चुगलको सामना गर्नेछ । उरुग्वे र पोर्चुगलको खेल शनिबार राती ११ः४५ बजे सुरु हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.