7 years ago
June 30, 2018
तेहेरान (एजेन्सी)– मेस्सीको नामले परिचित इरानी राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी तथा फरवार्ड सरदार अज्मौनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । २३ वर्षीय अज्मौनले रसिया विश्वकप लगत्तै सन्यासको घोषणा गरेका हुन् । रुस विश्वकपमा गोल गर्न नसकेपछि आफ्नो अपमान सहन नसकेर आमा गम्भीर बिरामी परेको भन्दै उनले सन्यासको घोषणा गरेको बताएका छन् ।
‘इरानका लागि खेल्न छाड्ने आफ्नो निर्णयले म आफै दुःखी छु । तर, म र टिमको आलोचनाका कारण आमा गम्भीर बिरामी हुनुभएको छ ’ सन्यास घोषणा गर्दै अज्मौनले भनेका छन्, ‘मेरी आमा गम्भीर बिमारी हुनुभएको छ । म कसरी खुसी हुन सक्छु ? सन्यासबाहेक मेरो विकल्प नै रहेन । त्यसैले सन्यासको घोषणा गर्न बाध्य भएको हुँ ।’
‘टोली र मेरो नै अनावश्यक आलोचना ले मलाई कठिन अवस्थामा पु¥याएको छ , सन्यासपछि उनले भने, जहाँ मैले एक वा दोस्रो चुन्नुपर्ने भएको छ । अवश्य पनि म मेरी आमालाई नै चुन्नेछु ।’ रसियन क्लब रुविन काजानबाट व्यवसायिक फुटबल खेलिरहेका अज्मौनले विश्वकपको छनोट प्रतियोगितामा १४ खेलमा ११ गोल गरेका थिए ।
तर, रुस विश्वकपको समूह चरणका तीनै खेलमा अज्मौन गोल गर्न असमर्थ रहे । विश्वकपमा मोरक्कोलाई पराजित गरेको इरान स्पेनसँग पराजित भएको थियो । पोर्चुगललाई बराबरीमा रोक्न सफल भएको थियो । १९ वर्षमा इरानको राष्ट्रिय टोलीमा स्थान बनाएका अज्मौनले अन्तर्राष्ट्रिय खेल जीवनमा ३३ खेल खेलेर २३ गोल गरिसकेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]