7 years ago
June 30, 2018
मस्को (एजेन्सी)– ला लिगामा बार्सिलोना र रियल म्याड्रिड खेल्दा मात्र क्रिस्टियानो रोनाल्डो प्रतिद्वन्द्वीका रुपमा लिएको लुइस स्वारेजले बताएका छन् । रोनाल्डोको पोर्चुगलले स्वारेज सम्मिलित उरुग्वेसँग शनिबार राती विश्व कपको प्रि क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाका स्वारेजले रियलका फरवार्ड रोनाल्डोसँग व्यक्तिगत लडाई केहि नरहेको पनि प्रष्ट पारेका छन् ।
‘रोनाल्डोसँगको प्रतिस्पर्धा भनेको क्लबमा मात्र सिमित छ । त्यो फरक विषय हो,’ स्वारेजले भने,’ यो विश्व कप हो । यहाँ सबैले आफ्नो टोलीलाई जिताउने प्रयास गर्नेछन् । यसलाई सबैले स्वीकार गर्नुपर्दछ । सबैले नकआउट चरण जित्नका लागि सक्दो प्रयास गर्नेछौं ।’
विश्व कप समूह चरणको सुरुवाती दुई खेलमा रोनाल्डोले ४ गोल गरेका थिए । उरुग्वे त्यस्तो एक मात्र टोली हो जसले समूह चरणमा एउटा पनि गोल खाएन । समूह चरणमा उरुग्वेले रसिया, साउदी अरेबिया र इजिप्टसँग प्रतिस्पर्धा गरेको थियो ।
उरुग्वेका प्रशिक्षक ओस्कार टाबरेजले पनि रोनाल्डोको खुलेर प्रशंसा गरेका छन् । यद्दपी उनले पोर्चुगलले उच्च प्रदर्शन गर्नुमा सामुहिक प्रदर्शनकै कारण सम्भव भएको बताएका छन् ।
‘रोनाल्डो विश्वका उत्कृष्ट फरवार्ड मध्ये एक हुन् । उनी क्षमतावान खेलाडी हुन् । उनी टोलीका नेतृत्वकर्ता हुन्,’ प्रशिक्षक टाबरेजले भने, ‘एउटा खेलाडीलेमात्र केहि गर्ने होइन । तर उनी हुनु टोलीका लागि विशेष फाइदा हो ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]