7 years ago
June 30, 2018
सोची (एजेन्सी)– पाँच पटकको विश्व कप विजेता ब्राजिलले प्रि क्वार्टरफाइनलमा सोमबार मेक्सिकोको सामना गर्दैछ । टोलीले त्यसका लागि शुक्रबार अभ्यास गरेको छ । ब्राजिलियन टोलीको अभ्यास चलिरहँदा त्यहाँ मुख्य आकर्षण र विशेष अतिथि थिए सुपर स्टार नेयमारका छोरा डेभिड लुका डा सिल्भा साान्तोष ।
नेयमार टोलीसँग अभ्यास गरिरहँदा उनका छोरा बाबुको अभ्यास हेरिरहेका थिए । छोरा साान्तोषको उपस्थितिले नेयमार पनि रमाइरहेका थिए । सान्तोषले धर्यतापूर्वक बाबुको खेल कौशल नियाली रहेका थिए ।
अभ्यासको विश्रामका समयमा भने नेयमार छोरालाई हेर्न गइरहन्थे । अगस्टमा सातौं वर्षमा लाग्ने सान्तोष ब्राजिलिय टोली रसिया विश्व कपको अवे जर्सीमा थिए । समूह चरणको विजेताका रुपमा ब्राजिल अन्तिम १६ मा पुगेको थियो । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको टोलीले अर्को दुई खेलमा कोस्टा रिका र सर्बियालाई समान २–० ले हराएको थियो ।
यद्दपी लामो समयपछि विश्व कपको केहि अघि मात्र मैदान फर्केका नेयमार अझै आफ्नो लयमा देखिन सकेका छ्रैनन् । इङ्ल्यान्डका ह्यारी केन, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, बेल्जियमका रोमेलु लुकाकु जस्तो फर्ममा नेयमार अझै देखिएका छैनन् । नेयमारले समूह चरणमा कोस्टा रियकाविरुद्ध एक गोल गरेका थिए । जबकी केनले ५ तथा रोनाल्डो र लुकाकुले समान ४ गोल गरिसकेको छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]