7 years ago
June 30, 2018
काजान (एजेन्सी)– संघर्षपूर्ण यात्रा तय गरेको अर्जेन्टिनाले विश्व कपको प्रिक्वार्टरफाइनलमा आज साँझ सन् १९९८ को विजेता फ्रान्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साझ ७ः४५ बजे सुरु हुनेछ ।
समूह चरणको अन्तिम खेल सम्म पनि अर्जेन्टिना अघि बढ्नेमा शंका थियो । आइसल्यान्डसँग १–१ को बराबरी त्यसपछि क्रोएसियासँग ३–० को हारपछि अर्जेन्टिना अघि बढ्न निकै कठिन थियो । त्यस्तो अवस्थाबाट अघि बढेको टोलीले नाइजेरियालाई २–१ ले हराउँदै समूह उपविजेता बन्न सफल भएको थियो ।
नाइजेरियाको खेल अघि प्रशिक्षक जर्ज साम्पोली बर्खास्त हुन सक्ने खबर पनि सार्वजनिक भएको थियो । तर साम्पोली अब फ्रान्सविरुद्धको खेलका लागि टोली तयार रहेको बताउँछन् । ‘हामी त्यस्तो टोलीसँग खेल्न गइरहेका छौं जोसँग उत्कृष्ट खेलाडी छन्,’ उनले भने, ‘उनीहरु दाबेदार मध्येका एक हुन् । हामीले एकरुपताको प्रदर्शन गर्न आवश्यक छ । खेल सहज पक्कै हुने छैन । ‘
नाइजेरियासँगको जितपछि साम्पोली डे«सिङ रुममा चुपचाप बसिरहेका थिए । खेलाडी भने खुसियाली साटी रहेका थिए । त्यस्तोमा लियोन मेस्सीले गएर उनलाई अंगालो हालेका थिए । ‘मेस्सीको व्यवहारमा मलाई गर्व छ । उनलाई मेरो मेहनत सबै थाहा छ,’ उनले भने, ‘हामीले आफ्नो सपना एकअर्कासँग साटेका छौं । अर्जेन्टिनाका लागि रसिया यात्रा कति महत्वपूर्ण छ हामीलाई थाहा छ । ‘
धेरैलाई अर्जेन्टिना मेस्सीकै भरमा रहेको भन्ने विश्वास छ । तर फ्रान्सेली गोलकिपर हुगो लोरिस भने त्यो तर्कसँग सहमत छैनन् । ‘ मेस्सीसँग बढी अपेक्षा गरिएको छ । त्यो स्वभाविक पनि हो । तर पनि टोलीमा थुप्रै त्यस्ता खेलाडी छन् , जसले खेलमा प्रभाव पार्न सक्छन्,’ उनले भने, ‘उनीहरु केहि कठिन अवस्थाबाट गुज्रिए । यद्दपी उनीहरु स्तरीय टोली हुन् । मलाई पुरा विश्वास छ उनीहरु अझै बलियो रुपमा प्रस्तुत हुनेछन् । उनीहरुले यो अघि पनि विश्व कप जितिसकेका छन् ।’
लोरिसले अर्जेन्टिनासँगको खेललाई ठूलो खेलको संज्ञा दिदै भने, यो खेल कठिन पनि छ । हामी खेल जित्नका लागि हर सम्भव र आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्नेछौं ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]