7 years ago
July 1, 2018
सोची (एजेन्सी)– पोर्चुगलविरुद्धको विश्व कप प्रिक्वार्टरफाइनलमा उरुग्वेले १–० ले अग्रता लिएको छ । इन्डिसन काभानीले खेलको केहि मिनेटमै गरेको गोलमा उरुग्वे अग्रता लिएको हो । लुइस स्वारेजसँगको उत्कृष्ट तालमेलपछि काभानीले सातौं मिनेटमानजिकबाट हेड गोल गरेका थिए ।
मैदानको बायाँबाट स्वारेजले दिएको क्रममा काभानीले नजिकबाट हेडमार्फत गोल गरेका हुन् । दायाँबाट काभानीले दिएको लामो क्रसपछि स्वारेजले उनलाई क्रस मिलाइदिएका हुन् ।
यसअघि पहिलो प्रिक्वार्टरफाइनलमा केलियन एमबाप्पेको २ गोलमा अर्जेन्टिनालाई ४–३ ले हराउँदै फ्रान्सले अन्तिम आठको यात्रा तय गरेको थियो । उरुग्वे र पोर्चुगलबीचको विजेताले क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]