default_image

7 years ago

July 1, 2018

विश्वकपमा आजका खेलहरु

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ अन्तर्गत आज अन्तिम १६ का दुई खेल खेलिंदैछन् ।

गए राति फ्रान्सले अर्जेन्टिनालाई ४-३ को रोमाञ्चक खेलमा हराउन सफल भएको थियो भने उरुग्वेले पोर्चुगललाई २-१ ले हरायो । यससंगै उरुग्वे र फ्रान्सले क्वाटरफाइनलमा एकआपसमा भेट पनि पक्का गरे ।

आजका खेलहरु यस प्रकारका रहेका छन् :

स्पेन विरुद्ध रुस
समय – नेपाली समय अनुसार बेलुकाको ७.४५ बजे

क्रोएसिया विरुद्ध डेनमार्क
समय – नेपाली समय अनुसार रातिको ११.४५ बजे

स्पेन समूह ‘बी’ को विजेता रहंदै नक-आउट चरणमा प्रवेश गरेको हो भने आयोजक रुस समूह ‘ए’को उपविजेता रहेको थियो । १ खेल जितेको स्पेनले दुई खेल बराबरी गरेको छ । स्पेनले आफ्नो ३ खेलमा ६ गोल हानेको छ भने ५ गोल खाएको पनि छ । स्पेनका लागि डियगो कोस्टाले सर्वाधिक ३ गोल गरेका छन् ।

अर्को तर्फ, आक्रामक खेलका लागि चिनिने आयोजक रुसले ३ खेलमा २ मा जित हात पारेको छ भने १ खेल गुमाएको छ । ८ गोल गर्दै ४ गोल खाएको रुसका लागि मिडफिल्डर डेनिस चेरिसेभले ३ गोल गरेका छन् ।

क्रोएसिया समूह ‘डी’ को विजेता रहंदै नक-आउट चरणमा प्रवेश गरेको हो भने डेनमार्क समूह ‘सी’ को उपविजेता रहेको थियो । क्रोएसियाले तीनै खेल जितेको छ । क्रोएसियाले आफ्नो ३ खेलमा ७ गोल हानेको छ भने केवल १ गोल खाएको छ । क्रोएसियाका लागि लुका मोड्रिचले सर्वाधिक २ गोल गरेका छन् ।

अर्को तर्फ, डेनमार्कले ३ खेलमा १ मा जित हात पारेको छ भने दुई खेल बराबरी गरेको छ । २ गोल गर्दै १ गोल खाएको डेनमार्कका लागि मिडफिल्डर क्रिस्टियन एरिक्सनले १ गोल र १ असिस्ट गरेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.