default_image

7 years ago

July 1, 2018

घरेलु मैदानको फाइदा उठाउने आक्रामक रूसको योजना

144 views

0 Bookmark

मस्को (एजेन्सी) – रसियामा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको तेस्रो खेलमा आयोजक रसियाले एकपटकको च्याम्पियन स्पेनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे मस्कोस्थित लुज्निकी स्टेडियममा हुनेछ ।

स्पेन समूह ‘बी’ को विजेता हो भने आयोजक रसिया समूह ‘ए’ को उपविजेता टिम हो । समूह चरणको दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको रसिया स्पेनको चुनौती पन्छाउदै नकआउट चरण पुग्ने योजनामा हुनेछ । यस्तोमा घरेलु टोलीलाई घरेलु समर्थक र मैदानको साथ हुने गर्दछ ।

१९३० देखि ९० सम्म सोभियत संघको नामबाट खेलेको रसियाले त्यसपछिका तीन विश्वकपमा समूह चरण पार गर्न नसकेपनि यसपटक भने समूह चरण पार गर्न सफल भएको हो । समूह चरण पार गरेर हौसिएको रसिया स्पेनलाई पनि स्तब्ध पार्दै क्वार्टरफाइनल पुग्ने योजनामा हुनेछ ।

अघिल्ला दुई खेलमा उच्च प्रदर्शन गरेको रसिया समूह चरणको अन्तिम खेलमा १० खेलाडीमा समेटिएपछि उरुग्वेसँगको खेलमा ३–० ले पराजित हुन पुगेको थियो ।

रसियाका मुख्य प्रशिक्षक स्टानिस्लाभ चेरेसेभले स्पेनले विश्वकपमा कसरी खेलिरहेको छ, त्यसबारे जानकारी आफु जानकार रहेकाले सचेत भएर खेल्ने बताएका छन् । ‘हामीले स्पेनलाई पराजित गर्न पक्कै पनि गाह्रो हुनेछ । तर, हामी हाम्रो तर्फबाट सक्दो प्रयास गर्नेछौं ।’

प्रशिक्षक चेरेसेभले फिफा टिभीसँग भनेका छन्, ‘हामीले बर्खास्त भएका प्रशिक्षक जुलेन लोप्टेगोईको प्रशिक्षणमा रहेको स्पेनसँग खेलेका थियौं । अब हामी नयाँ प्रशिक्षक फर्नान्डो हिएरोको प्रशिक्षणमा रहेका स्पेनसँग खेल्दैछौं । केही परिवर्तन देखेको छु । हामीले जित्न पनि सक्छौं ।’ यस्तै प्रशिक्षक चेरेसेभले स्पेनले समूह चरणमा तुलनात्मक रुपमा कमजोर ठानिएको मोरक्को र इरानसँग संघर्ष गर्नुपरेको भन्दै रसियाले पनि स्पेनलाई चुनौती दिन सक्षम रहेको बताए ।

उनले टिमले स्पेनविरुद्ध रक्षात्मक खेल्दै काउन्टर अट्याकमा ध्यान दिने पनि बताएका छन् । रसियाका एलेकसान्डर गोलोभिन टिमको प्रशिक्षणमा फर्किएका छन् । रातो कार्डका कारण इगर स्मोलोनीकोभले स्पेनविरुद्धको खेल गुमाउनेछन् ।

यता स्पेनले २०१० को विश्वकप जितेपछि विश्वकपमा पहिलो पटक नकआउट खेल्दै छ । विश्वविजेता स्पेन २०१४ को विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो । स्पेनको घरेलु टोलीविरुद्धको प्रदर्शन भने राम्रो रहेको छैन ।

स्पेनसँग अग्रपङ्ति र मिडफिल्ड चुस्त रहेपनि गोलरक्षक र डिफेनसमा भने कमजोरी देखिएको छ । यसमा सुधार गर्न सके स्पेनले क्वार्टरफाइनल यात्रा तय गर्नेछ । विश्वस्तरका डिफेन्डर सर्जियो रामोस र जेरार्ड पिके टिममा रहेपनि उनीहरूले उल्लेख्य प्रदर्शन गर्न सकिरहेका छैनन् ।

मोरक्कोसँग बराबरीमा रोकिएको खेलमा गोल गरेका इगो आसपासले टिममा स्थान बनाउदा अग्रपङ्ति बलियो बनेको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा उच्च प्रदर्शन गरिरहेका गोलरक्षक डेभिड डि जियाले राम्रो प्रदर्शन गर्न सकेका छैन । यो स्पनेको लागि घातक हुन सक्नेछ ।

स्पेन र रसिया अहिलेसम्म ६ पटक आमनेसमाने भएका छन् । जसमध्ये स्पेनले चार खेलमा जित हात पार्दै दुई खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक यि दुई टिमले २०१७ को मैत्रीपूर्ण खेलमा ३–३ गोलको बराबरी खेलेको थियो । २–० ले पछि परेको अवस्थामा रसियाले खेलमा फर्कदै स्पेनलाई बराबरीमा रोक्न सफल भएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.