default_image

7 years ago

July 1, 2018

सन्तुलित क्रोएसियालाई रक्षात्मक डेनमार्कको चुनौती

122 views

0 Bookmark

निज्नी (एजेन्सी) – समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको क्रोएसियाले आइतबार राति क्वार्टरफाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्देछ । खेल निज्नी नोभोगोरोडस्थित एरिनामा राति ११ः४५ बजेपछि शुरु हुनेछ ।

क्रोएसिया समूह ‘डी’ को विजेता हो भने डेनमार्क समूह ‘सी’ को उपविजेतको रुपमा अन्तिम १६ मा प्रवेश गरेको टिम हो । समूह चरणमा शतप्रतिशत जित निकालेर उच्च मनोबलमा रहेको क्रोएसिया डेनमार्कलाई पनि पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ । समूह चरणको खेलमा अर्जेन्टिनाजस्तो बलियो टोलीलाई ३–० ले पराजित गरेर हौसिएको क्रोएसिया डेनमार्कविरुद्धको खेलमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

क्रोएसियासँग विश्वस्तरका लुका मोड्रिक, इभान राकिटिक माटियो कोभासिकजस्ता खेलाडीहरुको साथ छ । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले डेनमार्कविरुद्धको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने बताएका छन् ।

‘क्रोएसियाको अहिलेको टिम गोल्डेन टिम हो । उसले अर्जेन्टिनाजस्तो बलियो टिममाथि ३–० को बलियो जित निकालेको छ । यो नै क्रोएसियाको गोल्डेन टिमको उदाहारण हो ।’ प्रशिक्षक डालिकले भने, ‘मेरो टिमले डेनमार्कलाई पनि पराजित गर्ने क्षमता राख्दछ । आशा छ आज सकरात्मक नतिजा आउनेछ ।’

१९९८ को विश्वकपमा तेस्रो स्थान हात पार्नु नै क्रोएसियाको विश्वकपमा सबैभन्दा सफल नतिजा हो । त्यसपछिका चार विश्वकपमध्ये तीन विश्वकपमा क्रोएसियाले समूह चरण पार गर्न सकेको थिएन । क्रोएसियाका खेलाडी माटियो कोभासिकले डेनमार्कका क्रिस्टियन इरिक्सन खतरनाक खेलाडी रहेको बताउदै उनलाई रोक्न सके अघिल्लो चरणमा पुग्न सकिने बताए ।

‘उनी हाम्रो लागि पनि खतरनाक खेलाडी हो । आफु कति अब्बल भन्ने उनले इंग्लिस क्लब टोटनह्याममा प्रमाणित गरिसकेका छन् ।’ प्रि म्याच कन्फ्रेसमा कोभासिकले भने, ‘हामी उनीविरुद्धको खेलमा सचेत भएर खेल्नुपर्दछ । जस्तो कि मेस्सीको अर्जेन्टिनाविरुद्धको जस्तै खेल खेल्नुपर्ने हुन्छ । हामी त्यही खेललाई दोहोराउन सक्दो प्रयास गर्नेछौं ।’

यता डेनमार्कले पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । उपाधिको दावेदार मानिएको फ्रान्सलाई बराबरीमा रोकेर अघि बढेको डेनमार्कले क्रोएसियालाई पराजित गरेर अघि बढ्ने लक्ष्य बनाएको छ । डेनमार्कको यो लक्ष्यमा क्रिस्टियन इरिक्सन हतियार हुनेछ । नाम चलेका खेलाडी टिममा नरहेपनि डेनमार्कले संगठित प्रदर्शन गरिरहेको छ । १९९८ को विश्वकपमा डेनमार्क क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । त्यही प्रदर्शनलाई दोहोराउने योजनामा डेनमार्क रहनेछ ।

क्रोएसिया र डेनमार्क अहिलेसम्म पाँचपटक आमने समाने भएका छन् । दुवै टोलीले समान दुई जित, दुई बराबर र एक हारको नतिजा बेहोरेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.