7 years ago
July 1, 2018
मस्को (एजेन्सी)– इङ्ल्यान्डका कप्तान ह्यारी केन विश्वका उत्कृष्ट पाँच खेलाडी मध्ये एक रहेको लिभरपुलका पूर्व मिडफिल्डर जेमी रेडन्यापले बताएका छन् । विश्व कपको केहि दिन अघि मात्र प्रशिक्षक गेराथ साउथगेटले केनलाई कप्तान नियुक्त गरेका थिए ।
पानामाविरुद्ध ह्याट्रिक गरेका उनले जारी विश्व कपमा ५ गोल गरिसकेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सी , पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि छायाँमा पार्दै केन यो विश्व कपको चर्चामा रहेका छन् । इङ्ल्यान्डका पूर्व मिडफिल्डर समेत रेका रेडन्यापले केनको नेतृत्वमा टोलीले विश्व कप नकआउट चरणमा पनि सफलतालाई निरन्तरता दिने विश्वास व्यक्र गरेका छन् ।
‘उनी हाम्रा मेस्सी र रोनाल्डो हुन् । उनी जादुगर हुन् । उनी स्कोरका लागि प्रयास गर्छन् र त्यसले फरक पारेको छ, ‘उनले भने,’ उनी नेतृत्वका लागि उदाहरण हुन् । अहिले उनको बारेमा जहाँ पनि चर्चा छ । ‘
रेडन्यापले केन अर्को तहको खेलाडी भएको बताए । ‘व्यक्तिका रुपमा मात्र होइन एउटा खेलाडीका रुपमा पनि उनी अहिले विश्वका एक उत्कृष्ट खेलाडी हुन,’ उनले थपे, ‘उनी शीर्ष ५ मा छन् । आउने दिनमा उनी अझै माथि जानेछन् ।’
टोटेनह्यामका २४ वर्षे स्टार केनले इङ्ल्यान्डका लागि २६ खेलमा १८ गोल गरिसकेका छन् । उनको उच्च प्रदर्शन अहिले पनि उत्तिकै छ र नकआउटमा पनि त्यस्तै रहने अपेक्षा गरिएको छ । अन्तिम १६ मा मंगलबार इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]