7 years ago
July 1, 2018
मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को तेस्रो खेलको नियमित ९० मिनेटमा स्पेन र रुसले १-१ को बराबरी खेलेका छन् ।
मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको हो । सो पेनाल्टीमा स्ट्राइकर आर्तेम जुबा चुकेनन् र आयोजकलाई खेलमा फर्काएका हुन् ।
दोसोर् हाफमा भने दुवै टोली गोल गर्न असफल भएपछि खेल यस विश्वकपमा पहिलो पटक अतिरिक्त समयतर्फ लागेको हो । अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसके खेल पेनाल्टी सुट-आउटतर्फ जानेछ ।
स्पेन समूह ‘बी’ को विजेता र रुस समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेका हुन् । यस अघि फ्रान्स र उरुग्वे क्वाटरफाइनलमा छनोट भइसके भने पोर्चुगल र अर्जेन्टिना बाहिरिएका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]