default_image

6 years ago

July 2, 2018

आर्मी ललित मेमोारियल फटुबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई पटकको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा आर्मीले हिमालय शेर्पा क्लबमाथि ३–० को सहज जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । आर्मीलाई सेमिफाइनलमा पुर्‍याउन सेसेहाङ आङदेम्बे, विवेक […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई पटकको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा आर्मीले हिमालय शेर्पा क्लबमाथि ३–० को सहज जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । आर्मीलाई सेमिफाइनलमा पुर्‍याउन सेसेहाङ आङदेम्बे, विवेक चौधरी र सुसन लामाले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा आर्मीले खेलको ४२ औं मिनेटमा सेसेहाङको गोलबाट अग्रता बनाएको थियो । फ्रिकिकमा प्राप्त बललाई शेर्पाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सेसेहाङले हेडमार्फत गोल गर्न सफल भएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले खेलको मिनेटमा ७३ औं मिनेटमा विवेक चौधरीको गोलबाट आर्मीले अग्रता दोब्बर पा¥यो । गोलरक्षक अघि बढेको अवस्थामा विवेकले गोल गरेका थिए । इन्जुरी समयमा सुसनदे गोल गर्दै आर्मीको जित पक्का गरे ।

अब आर्मीले फाइनल प्रवेशको लागि मोफसलको मोरङ फुटबल क्लबको सामना गर्नेछ । खेल बुधबार हुनेछ । आजै क्वार्टरफाइनलको अन्तिम खेलमा फ्रेन्डस क्लब र लुमिबनी फुटबल क्लबबीच खेल हुनेछ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.