default_image

7 years ago

July 4, 2018

इतिहास बनाउन चुक्यो स्विट्जरल्यान्ड

109 views

0 Bookmark

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकपमा स्विडेनसँग पराजित स्विजरल्याण्डका लागि यो लामो इतिहास तोड्ने अवसर थियो। तर अर्को पटकपनि अन्तिम १६ बाट बाहिरिदै स्विट्जरल्यान्डले १९३८  यताको खराब इतिहासलाई निरन्तरता दिएको छ।

history

सन् १९५४ यता स्विस टोली विश्वकपको क्वाटर फाइनलमा स्थान बनाउन सफल भएको छैन। सन् १९३८ यता स्विट्जरल्यान्डले ठूलो प्रतियोगिताको नक आउट चरणमा कुनै खेल जितेको छैन।

गएराती स्विडेनसँग पनि खेलको ६६ औं मिनेटमा पछि परेको स्विस टोली फर्किन नसकेपछि विश्वकपको अन्तिम १६ बाट बाहिरिनु पर्यो। विश्वकप २०१४ मा पनि अन्तिम १६ मा बाहिरिएको स्विस टोली अर्जेन्टिनासँग ९० मिनेटको बराबरीपछि अतिरिक्त समयमा पछि परेको थियो। २०१६ यूरो कपमा पनि पोल्याण्डसँग अन्तिम १६ मै पराजित भयो थियो। निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ को बराबरी पछि स्विट्जरल्यान्ड पेनाल्टीमा पराजित भएको थियो।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.