7 years ago
July 4, 2018
मस्को (एजेन्सी)– विश्वकपमा अर्जेन्टिनाका लियोन मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डाको चर्चा विस्तारै सेलाउदै जाँदा ब्राजिलका नेयमारको चर्चा भने यथावत छ । अझै कतिपय विषयमा भने उनी चर्चाको शिखरमा छन् । पछिल्लो पटक आइबार मेक्सिकोसँगको खेलपछि भने उनी थप चर्चामा छन् ।
अन्तिम १६ को त्यो खेलमा नेयमार लयमा देखिएको पनि मानिएको छ । पछिल्ला चार खेलमा उनी त्यसमा बढी प्रभावकारी मानिएको छ । एक गोल गरेका नेयमारले अर्को गोलका लागि पनि भूमिका निर्वाह गरेका थिए । सोही खेलमा उनीले विपक्षी खेलाडी फाउलमा बढी अभियन गरेको भन्दै आलोचना पनि भइरहेको छ ।
र्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले नेयमारमाथि भएको फाउलको आलोचना गरेका थिए । ब्राजिलले २–० ले त्यो खेल जित्दा त्यसको केन्द्रमा भने नेयमार रहेका थिए । पिएसजीका स्टारलाई मेक्सिकन खेलाडीले लगातार फाउल गरिरहेका थिए । कतिपय ट्याकलमा उनको प्रक्रिया स्वभाविक लाग्ने थिए भने कतिपयमा अभिनय लाग्ने गरेको टिप्पणी हुने गरेको छ ।
म्यारोडेनाले नेयमारका विषयमा भनेका छन्, ‘उनले हामीलाई कि त रुवाउछन् की त हसाउँछन् । मेक्सिन खेलाडीले उनलाई जति बेला रोक्थ्ये म रुन चाहन्थे । तर उनी जति बेला बल लिएर अघि बढ्ने मलाई हास्न मन लाग्थ्यो ।’
म्यारोडोनाले विश्व कपमा ब्राजिलले गरिरहेका प्रदर्शनले टोलीलाई विजेताका रुपमा देखाएको बताएका छन् । उनले भने,’म यो विश्वकपको मजा लिइरहेको छु । मलाई लाग्छ ब्राजिल निकै बलियो छ र उनीहरु उपाधिको यात्रामा छन् ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]