7 years ago
July 12, 2018
मस्को (एजेन्सी)– क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ । थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो ।
१–० ले पछि परेको खेल उल्टाउँदै क्रोएसियाले पहिलो पटक विश्व कप फाइनलको यात्रा तय गरेको थियो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्व कप सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । यसपटक विश्व कप उपाधिका लागि क्रोएसियाले आइतबार सोही फ्रान्सको सामना गर्नेछ । बेल्जियमलाई १–० ले हराउँदै यसअघि नै फाइनल पुगिसकेको छ । सन् १९६६ पछि विश्व कप फाइनलमा पुग्ने इङ्ल्यान्डको सपना भने पुरा हुन सकेन ।
मान्डुकिजले थप ३० मिनेट समयको २१ औं मिनेटमा गोल गरेका थिए । इभान प्रिसिसले हेडमार्फत दिएको पासलाई मान्जुकिजले गोलमा परिणत गरेका थिए । खेलको सुरुवातमै लिएको अग्रतालाई इङ्ल्यान्डले जोगाउन नसक्दा खेलको निर्धारित समय बराबरीमा पुगेको हो । ६८ औं मिनेटमा प्रिसिसले बराबरी गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । सिमे भ्रासल्ज्कोको क्रसमा प्रिसिसले गोल गरेका थिए ।
खेलको पाँच मिनेटमा इङ्ल्यान्डले खेलमा अग्रता बनाएको छ । केरन ट्रिपेयरले पाँचौं मिनेटमा इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्सको केहि बाहिर प्राप्त फ्रिकिकमा उनले गोल गरेका थिए । यसअघिका खेलमा उच्च प्रदर्शन गर्दै आएका क्रोएसियाका गोलकिपर डानिजेल सुवासिचले ट्रिपेयरको प्रहार रोक्न गरेको प्रयास सफल भएन । पहिलो हाफमै अग्रता दोब्बर पार्ने मौकालाई भने उनले रोके । इङ्ल्यान्ड कप्तान ह्यारी केनको वान भर्सेस वान प्रहारलाई उनले रोके ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]