default_image

7 years ago

July 12, 2018

तथ्यमा रसिया विश्वकप – फ्रान्स की क्रोएसिया ?

208 views

0 Bookmark

मस्को (एजेन्सी)– विश्व फुटबलको कुम्भमेला अब अन्त्यको चरणमा छ । फाइनल र तेस्रो स्थानको लागि मात्रै दुई खेल बाँकी रहँदा उपाधिको दावेदार मानिएको फ्रान्स र अनपेक्षित रुपमा क्रोएसियाले फाइनलमा स्थान बनाएका छन् । उपाधिको दावेदार मानिएको इंग्ल्यान्ड र बेल्जियमले शनिबार तेस्रो स्थानको लागि खेल्नेछन् ।

अपेक्षाभन्दा कमजोर मानिएका टोलीले उच्च प्रदर्शन गरेको विश्व कपमा केहि आशा लाग्दा टोली भने अन्तिम १६ वा क्वार्टरफाइनल भन्दा अघि बढ्न सकेनन् । ब्राजिललाई क्वार्टरफाइनलमा स्तब्ध पारेको बेल्जियमले फ्रान्सलाई पनि पाखा लगाउला भन्ने कतिपयको अनुमान थियो, तर टोली जुझारु प्रदर्शन गर्नका वावजुद आफ्नो पक्षमा नतिजा निकाल्नबाट बञ्चित रह्यो ।

क्रोएसियाले भने लगातार उच्च प्रदर्शनलाई जारी राख्दै गुमाइने अवस्थामा रहेको खेलबाट पनि उत्कृष्ट पुनरामगन गर्दै पहिलो पटक फाइनल यात्रा तय गरेको छ । सेमिफाइनलको समाप्ती सम्म आइपुग्दा विश्व कपमा धेरै रेकर्ड बनेका छन् । कस्तो रह्यो अहिले सम्मको तथ्याङ, हेरौं ।

खेल सङ्ख्याः ६२
समूह चरण (पहिलो राउण्ड)
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)

समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्कविरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु (१–०)
२३. अर्जेन्टिनाविरुद्ध क्रोएसिया (०–३)
२४. ब्राजिलविरुद्ध कोस्टारिका (२–०)
२५. नाइजेरियाविरुद्ध आइसल्यान्ड (२–०)
२६. सर्वियाविरुद्ध स्वीट्जसरल्याण्ड (१–२)
२७. बेल्जियमविरुद्ध ट्युनिसिया (५–२)
२८. दक्षिण कोरियाविरुद्ध मेक्सिको (१–२)
२९. जर्मनीविरुद्ध स्वीडेन (२–१)
३०. इंग्ल्यान्डविरुद्ध पानामा (६–१)
३१. जापानविरुद्ध सेनेगल (२–२)
३२. पोल्यान्डविरुद्ध कोलम्विया (०–३)

समूह चरण (तेस्रो राउन्ड)
३३. उरुग्वेविरुद्ध रसिया (३–०)
३४. साउदी अरेबियाविरुद्ध मोरक्को (२–१)
३५. इरानविरुद्ध पोर्चुगल (१–१)
३६. स्पेनविरुद्ध मोरक्को (२–२)
३७.डेनमार्कविरुद्ध फ्रान्स (०–०)
३८.अष्ट्रेलियाविरुद्ध पेरु (०–२)
३९. नाइजेरियाविरुद्ध अर्जेन्टिना (२–१)
४०. आइसल्यान्डविरुद्ध क्रोएसिया (१–२)
४१.दक्षिण कोरियाविरुद्ध जर्मनी (२–०)
४२. मेक्सिकोविरुद्ध स्वीडेन (०–३)
४३. सर्वियाविरुद्ध ब्राजिल (०–२)
४४.स्वीट्जरल्यान्डविरुद्ध कोस्टारिका (२–२)
४५.जापानविरुद्ध पोल्यान्ड (०–१)
४६.सेनेगलविरुद्ध कोलम्विया (०–१)
४७. इंग्ल्यान्डविरुद्ध बेल्जियम (०–१)
४८. पानामाविरुद्ध ट्युनिसिया (१–२)

प्रि–क्वार्टरफाइनल
४९. फ्रान्सविरुद्ध अर्जेन्टिना (४–३)
५०. उरुग्वेपिरुद्ध पोर्चुगल (२–१)
५१. स्पेनविरुद्ध रसिया (१–१) पेनाल्टी सुटआउट (३–४)
५२.क्रोएसियाविरुद्ध डेनमार्क (१–१) पेनाल्टी सुटआउट (३–२)
५३. ब्राजिलविरुद्ध मेक्सिको (२–०)
५४. बेल्जियमविरुद्ध जापान (३–२)
५५. स्वीडेनविरुद्ध स्वीट्जरल्यान्ड (१–०)
५६.कोलम्वियाविरुद्ध इंग्ल्यान्ड (१–१) पेनाल्टी सुटआउट (३–४)

क्वार्टरफाइनल
५७. उरुग्वेविरुद्ध फ्रान्स (०–२)
५८.ब्राजिलविरुद्ध बेल्जियम (१–२)
५९. स्वीडेनविरुद्ध इंग्ल्यान्ड (०–२)
६०. रसियाविरुद्ध क्रोएसिया (२–२) पेनाल्टी सुटआउट (३–४)
सेमिफाइनल
६१. फ्रान्सविरुद्ध बेल्जियम (१–०)
६२. क्रोएसियाविरुद्ध इंग्ल्यान्ड (२–१) (अतिरिक्त समय)

गोल सङ्ख्याः १६१ गोल
पहिलो हाफः ६१ गोल
दोस्रो हाफः ९७ गोल
अतिरिक्त समयः ३ गोल
पेनाल्टी सुटआउटः २६ गोल
पेनाल्टीमा गोलः २१ गोल – रोनाल्डो, जेडिनाक–२ गोल, ग्रिजम्यान–२, लुका मोड्रिक, एन्ड्रियस ग्राङभिष्ट–२ गोल, सिन्जी कागवा, मोहम्मद सलाह, सासी–ट्युनिसिया, इडेन हजार्ड, कार्लाेस भेला, ह्यारी केन–३ गोल, सलमान अर फराज, करिम अन्सारीफार्ड, भिक्टर मोसेस, गिल्फी सिगुर्डसन र अर्टिम ज्युभा
पेनाल्टी मिसः ७ गोल – (मेस्सी–अर्जेन्टिना) (क्रिष्टियन कुयुभा–पेरु) (गिल्फी सिगुर्डसन–आइसल्याण्ड), पाहद अल मुवालद–साउदी अरेबिया, क्रिष्टियानो रोनाल्डो–पोर्चुगल, ब्रायन रुइज–कोस्टारिका र लुका मोड्रिक–क्रोएसिया –अतिरिक्त समय)
फ्रिकिक गोलः ६ गोल – एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल, एलेक्ससान्डर कोलारोभ–सर्विया, टोनी क्रुस–जर्मनी, लुइस स्वारेज–उरुग्वे र किरण ट्रिपर–इंग्ल्यान्ड)
आत्मघाती गोलः ११ गोल – अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को, ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया, अजिज विहिच–अष्ट्रेलियाविरुद्ध फ्रान्स, थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल, अहमेद फाथी–इजिप्टविरुद्ध रसिया, डेनिस चेरेसेभ रूसविरुद्ध उरुग्वे, यान सोम्मेर कोस्टारिकाविरुद्ध स्वीट्जरल्यान्ड, इड्सन अल्भारेज–मेक्सिकोविरुद्ध स्वीडेन, यासिनी मेरिह–पानामाविरुद्ध ट्युनिसिया, सर्जि इग्नासेभिच–रसियाविरुद्ध स्पेन र फर्नाडिन्हो–ब्राजिलविरुद्ध बेल्जियम

पहेलो कार्डः २१३
रातो कार्डः ४ – कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान, जेरेमी बोटिङ–जर्मनीविरुद्ध स्वीडेन, दोहोरो पहेलो, इगर स्मोलिनीकोभ रूसविरुद्ध उरुग्वे दोहोरो पहेलो) मिचेइल लाङ स्वीट्जरल्यान्डविरुद्ध स्वीडेन
ह्याट्रिकः २ – (रोनाल्डो–पोर्चुगलविरुद्ध स्पेन) र ह्यारी केन–इंग्ल्यान्डविरुद्ध पानामा)
सव्सिच्युट खेलाडीको गोलः ९ गोल – (डेनिस चेरेसेभ (२), अर्टिम ज्युुभा (रसिया), मिचेयी बात्सुयायी–बेल्जियम, फिलिपे बालोए–पानामा, केइसुके होन्डा–जापान, इगो आसपास–स्पेन, सर्जियो अग्विरो–अर्जेन्टिना, मारौनी फेलियानी र नासिर चाड्ली–बेल्जियम

सर्वाधिक गोलकर्ता
६ गोल –(ह्यारी केन–इंग्ल्यान्ड)
४ गोल –क्रिष्टियानो रोनाल्डो–पोर्चुगल, रोमेलु लुकाकु–बेल्जियम र डेनिस चेरेसेभ–रसिया)
३ गोल–डिएगो कोष्टा–स्पेन, केलियन एमबाप्पे–फ्रान्स, एडिन्सन काभानी–उरुग्वे, अर्टिम ज्युभा–रसिया, यारी मीना र एन्टोइन ग्रिजम्यान–फ्रान्स
२ गोल–जेडिनाक–अष्ट्रेलिया, लुका मोड्रिक–क्रोएसिया, फिलिपे कौटिन्हो–ब्राजिल, अहमेद मुसा–नाइजेरिया, इडेन हजार्ड–बेल्जियम, जोन स्टोन–इंग्ल्यान्ड, लुइस स्वारेज–उरुग्वे, मोहम्मद सलाह–इजिप्ट, ह्युङ मिन सन–दक्षिण कोरिया, आन्द्रेस ग्राङभिष्ट–स्वीडेन, वाभी खाज्री–ट्युनिसिया, सर्जियो अग्विरो, नेयमार–ब्राजिल र टाकासी इनुई–जापान, मारियो म्यान्जुकिक, इभान पेरिसिक–क्रोएसिया र विभिन्न देशका ८२ खेलाडीले एक गोल गर्न सफल भएका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.