default_image

7 years ago

July 12, 2018

‘नेयमारको प्रदर्शन हामीले अपेक्षा गरेजस्तो रहेन’

105 views

0 Bookmark

रियो दि जेनेरियो (एजेन्सी)– नेयमार विश्व कपको क्वार्टरफाइनलबाटै बाहिरिनुपर्दा निराश बनेका नेयमार विस्तारै स्वभाविक अवस्थामा फर्कने ब्राजिलियन विश्व कप विजेता पूर्व कप्तान काफुले विश्वास लिएका छन् । ब्राजिल अन्तिम आठबाटै बाहिरिएपनि समर्थकले नेयमारको चर्को आलोचन गरेका छन् ।

विश्व कपमा नेयमारकै प्रदर्शन पनि सन्तोषजनक रहन सकेन । उनको तुलनामा फिलिप्पे काउटिन्होले निकै प्रभावशाली प्रदर्शन गरेका थिए । बेल्जियमविरुद्धको फाइनलमा अपेक्षा अनुसारको प्रदर्शन गर्नबाट नेयमार चुकेपछि उनले समर्थकबाट चर्को आलोचनाको सामना गर्नु परेको थियो । तर, काफुले नेयमार त्यो निराशाबाट फर्कने विश्वास लिएका छन् । विश्व कप जित्न नसक्दा त्यसले निकै दुःख अनुभव हुने ब्राजिलियन महान खेलाडीमध्येका काफुले बताएका छन् ।

‘हामीले उनीबाट धेरै अपेक्षा राखेका थियौं । नेयमार प्रतिभावान खेलाडी हुन् । त्यहि कारण हामी मैदानमा उनीबाट फरक प्रदर्शनको आशा राख्दछौं,’ काफुले भने, ‘त्यसैले ओलचना स्वभाविक हुन आउछ । उनको प्रदर्शन हामीले चाहे जस्तो थिएन । जनताले अपेक्षा गरेभन्दा उनको प्रदर्शन तल थियो । उनले नेयमारलाई अहिले ब्राजिलको उत्कृष्ट खेलाडी भएको पनि बताए ।

‘तर हामीले ३० मिनेटको खेलका आधारमा नेयमारलाई प्रश्न गर्न मिल्दैन । उनले खेल जीवनभर के गरे त्यो हेर्नुपर्दछ,’ उनले थपे, ‘तर विश्व कप त्यस्तो ठूलो मौका हो । जहाँ माफी दिन कठिन हुन्छ । यद्दपी नेयमार फुर्तिला छन् । उनी पुरानै लयमा देखिनेछन् ।’

विश्व कप अन्तिम चरणमा पुगिरहँदा ब्राजिलियन स्टारले रियल म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोको ठाँउ लिने विश्वास गरिन्छ । रोनाल्डो रियल छाड्दै हालै इटालियन क्लब युभेन्ट्समा आबद्ध भएका छन् । यद्दपी आउने सिजन नेयमार रियल जानेछन् वा पेरिस सेन्ट जर्मेनमै रहनेछन्, त्यसका लागि भने केही समय कुर्नुपर्ने हुन्छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.