default_image

7 years ago

July 12, 2018

विश्वकपमा ‘फ्लप’ भएका ३ ठूला नाम

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ मा कैयौं युवा स्टारहरु उदय हुने मौका पाए । तर केही त्यस्ता पनि स्टार खेलाडीहरु छन् जो आफ्नो स्तर अनुरुप प्रदर्शन गर्न सकेनन् । विश्वकप २०१८ मा ‘फ्लप’ भएका ३ ठूला नामहरु यी हुन्:

३. डेभिड डे गेया

म्यानचेस्टर युनाइटेडबाट गरिरहेको प्रदर्शनले उनलाई विश्वको नम्बर १ गोलकिपरको रुपमा स्थापित गरेको थियो । तर, विश्वकपमा गरेको खराब प्रदर्शनपछि फुटबल समर्थक र विश्लेषकहरु पनि उनीबाट निराश भएका छन् । पोर्चुगल विरुद्ध गरेको गल्तीका कारण स्पेनले ३ अंक लिने मौका गुमायो भने अन्य ३ खेलमा पनि उनको प्रदर्शन सामान्य भन्दा निकै तल थियो । सबै ४ खेलमा उनले केवल १ बचाऊ गरे जुन उनको स्तरका लागि अचम्मको तथ्यांक हो ।

२. रोबर्ट लेवान्डोस्की

विश्वकप छनोटमा लेवान्डोस्की सर्वाधिक गोलकर्ता हुन सफल भएका थिए । छनोटमा गरेको १६ गोलका कारण उनी विश्वकपमा पनि गोल्डेन बुटको दाबेदार रहेको बुझिएको थियो । तर पोल्यान्डको अग्रपंक्तिमा उनको प्रदर्शन निकै खराब थियो । उनले १ गोल वा असिस्ट पनि दर्ता गर्न सकेनन् र पोल्यान्ड समूह ‘एच’ को अन्तिममा रहन पुग्यो । २९ वर्षे बायर्न म्युनिख स्ट्राइकर लेवान्डोस्कीका लागि व्यक्तिगत रुपमा यो महत्त्वपूर्ण प्रतियोगिता थियो तर उनी ‘फ्लप’ हुन पुगे ।

१. थोमस मुलर

थोमस मुलर जर्मनीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी रहंदै आएका छन् । २०१० र २०१४ को विश्वकपमा ५-५ गोल गरेका मुलरबाट उस्तै प्रदर्शनको अपेक्षा गरिएको थियो । २०१७-१८ बुन्डेस लिगामा उनले सर्वाधिक असिस्ट दर्ता गर्दै विश्वकपका लागि आफू तयार रहेको पुष्टी गरेका पनि थिए । तर जर्मनीको खराब यात्रामा उनले १ गोल वा असिस्ट पनि गर्न सकेनन् । मेक्सिको र दक्षिण कोरियासंग पराजित हुंदै जर्मनी आश्चर्यजनक तरिकाले समूह चरणबाट बाहिरियो । मुलरले आफ्नो प्रतिभा र स्तरअनुरुप प्रदर्शन गर्न नसक्नु विभिन्न कारणहरुमध्ये एक पनि थिए ।

(एजेन्सीको सहयोगमा)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.