default_image

7 years ago

July 13, 2018

‘नेयमार र हाजार्डले रोनाल्डोको ठाँउ लिन सक्दैनन्’ -सालगाडो

181 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेन तथा रियल म्याड्रिडका पूर्व डिफेन्डर मिचेल सालगाडोले इडेन हजार्ड र नेयमारले रियलमा क्रिष्टियानो रोनाल्डोको स्थान लिन नसक्ने बताएका छन् । रियलले रोनाल्डोलाई मंगलबार इटालियन क्लब युभेन्टस् प्रस्थानका लागि स्वीकृति दिएको थियो । ९ वर्ष रियलमा बिताएका रोनाल्डो १ सय मिलियन पाउण्डमा चार वर्षका लागि युभेन्टस्मा अनुबन्धन हुने पक्का भइसकेको छ ।

रोनाल्डोको विकल्पमा क्लबले मोहम्मद सलाह, हजार्ड, नेयमार र किलियन एमबाप्पे जस्ता खेलाडीलाई अनुबन्ध गर्ने प्रयास गर्न सक्ने बताइएको छ । तर, सालगाडोले रोनाल्डोको जस्तै रियलमा प्रभाव जमाउन नसक्ने बताएका छन् । ‘रोनाल्डो अपरिवर्तनिय खेलाडी हुन् । उनले रियलमा थुपै्र कीर्तिमानहरु बनाएका छन्, उनले भने, उनी रियलको सर्वाधिक गोलकर्ता पनि हुन् । नेयमार र हजार्ड पनि उत्कृष्ट खेलाडी हुन् । मैले उनीहरु नराम्रा खेलाडी भन्न खोजेको हैन ।’

सालगाडोले एक अन्र्तवार्तामा भनेका छन्, ‘जसरी रोनाल्डोले रियालमा व्यक्तिगत कीर्तिमानहरु बनाएका छन् । त्यस्तै कीर्तिमान रोनाल्डोको विकल्पमा आउने खेलाडीले बनाउन सक्दैनन् भन्ने मेरो धारणा हो । तर, सान्टियागो बर्नाबेउमा नेयमार, हाजार्ड र एमबाप्पे जस्ता स्टार खेलाडीको अत्यन्तै आवश्यकता छ । उनीहरुलाई जुनसुकै मुल्य चुकाएर भएपनि क्लबले अनुबन्ध गर्न सक्नुपर्दछ ।’ यस्तै सालगाडोले रियालका नवनियुक्त प्रशिक्षक जुलेन लुप्टेगुईमा टोलीमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.