default_image

7 years ago

July 13, 2018

रियलविरुद्ध रोनाल्डो नखेल्ने सम्भावना !

124 views

0 Bookmark

टुरिन (एजेन्सी)– सनसनीपूर्ण रुपमा सिरिए च्याम्पियन युभेन्ट्समा आबद्ध भएका क्रिस्टियानो रोनाल्डो प्रि सिजनका दौरान पूर्व क्लब रियल म्याड्रिडसँग नखेल्ने सम्भावना रहेको बताइएको छ । रोनाल्डोको लम्बाइएको विश्राम टुंगिदा प्रि सिजन खेलहरु पनि लगभग सकिने भएकाले उनी नखेल्ने सम्भावना रहेको बताइएको छ ।

ronaldo

 

 

प्रि सिजन टुरअन्तर्गत युभन्ट्सले रियलको सामना गर्दा त्यो खेलमा रोनाल्डो नहुने भएका छन् । यी दुई टोलीबीच फेडएक्स फिल्डमा अगस्ट ५ मा इन्टरनेसन च्याम्पियन्स कपमा प्रतिस्पर्धा हुँदैछ । रसियामा जारी विश्वकपको अन्तिम १६ सम्म पुगेको पोर्चुगलका कप्तान रोनाल्डो जुलाई ३० सम्म प्रशिक्षणमा सामेल हुने छैनन् ।

जबकी युभेन्ट्स त्यो समय अमेरिका भ्रमणमा हुनेछ । युभेन्ट्सले जुलाई २६ मा बायर्न म्युनिख, जुलाई २८ मा बेनफिका र अगस्ट २ मा एमएलएस ११ को सामना गर्नेछ । युभेन्ट्स र रियलबीच अगस्ट ५ मा खेल हुँदा त्यसमा खेल्ने नखेल्ने भन्ने विषयमा रोनाल्डोमै नर्भर हुने बताइएको छ ।

उनी आफैले पूर्व क्लबविरुद्ध खेल्ने नखेल्ने निर्णय लिने सम्भावना छ । अघिल्लो सिजन युइएएफ सुपर कप खेल्नु ९ दिन अघि रोनाल्डो रियलको प्रशिक्षणमा सामेल भएका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.