default_image

7 years ago

July 13, 2018

हाजार्ड खरिदका लागि प्रक्रिया थाल्दै रियल

93 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– स्पेनिस चर्चित क्लब रियल म्याड्रिड चेल्सीका स्टार इडेन हाजार्डलाई भित्राउन १ सय ५० मिलियन पाउन्ड प्रस्ताव लाने तयारी गरिरहेको बताइएको छ । क्रिस्टियानो रोनाल्डो यहि साता रियलबाट युभेन्ट्समा १ सय मिलियन पाउन्डमा गएपनि टोलीले हाजार्डलाई भित्राउन प्रक्रिया थाल्न लागेको हो ।

hazard chelsea

बेल्जियम टोलीका कप्तान लामो समयदेखि नै रियल जाने चर्चा चलेको थियो । उनले पनि रियलको जर्सी लगाउने आफ्नो सपना रहेको बताउँदै आएका थिए । चेल्सीले साताको ३ लाख पाउन्डको नयाँ प्रस्ताव गरेपनि २७ वर्षे फरवार्डले त्यसलाई त्यसलाई अस्वीकार गरेका थिए ।

प्रिमियर लिग र च्याम्पियन्स लिगमा क्लबको चुनौति बढाउनका लागि चेल्सी अब नयाँ सम्झौताको प्रस्ताव हाजार्ड सामू राख्ने तयारीमा रहेको छ । तर, रियलको प्रस्ताव अघि बढेको खण्डमा भने हाजार्डलाई रोक्न चेल्सीलाई कठिन पर्ने सम्भावना छ । चेल्सीले बिहिबार मात्र प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको थियो ।

उनको ठाँउ लिने सम्भावना रहेका नेपोलीका पूर्व प्रशिक्षक माउरिजियो सारीले हजार्डलाई क्लबमै राख्न पक्कै प्रयास गर्नेछन् । सन् २०१२ मा लिगबाट चेल्सी पुगेयता क्लबबाट उले सबै खाले गरि ३ खेल खेलिसकेका छन् । जसमा उनले ८९ गोल गरेका छन् । हाजार्ड सम्मिलित चेल्सीले २ प्रिमियर  लिग, एक एफए कप र एक युरोपा लिगको उपाधि जितेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.