default_image

7 years ago

July 14, 2018

शकिरी लिभरपुलमा अनुबन्धित

96 views

0 Bookmark

लन्डन (एजेन्सी) – स्वीट्जरल्यान्ड तथा प्रिमियर लिग क्लब स्टोक सिटीका स्टार जर्दान शकिरी अर्काे इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् ।

२६ वर्षीय शकिरीलाई लिभरपुलले पाँच वर्षका लागि १३ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो । शकिरीले लिभरपुलमा २३ नम्वरको जर्सी लगाउनेछन् । इम्री क्यान सिरी ‘ए’ क्लब युभेन्टस् गएपछि क्लबको उनको स्थानमा शकिरी अनुबन्ध गर्न कुनै कन्जुस्याई नगरेको हो । अनुबन्ध भएपछि शकिरीले लिभरपुलबाट खेल्न पाउनु आफ्नो लागि खुशीको क्षण हुने बताएका छन् ।

‘लिभपुल ठुलो र इतिहास बोकेको क्लब हो । यहाँ ठुला नाम चलेका खेलाडी अनि एक फेन्टास्टिक प्रशिक्षक रहेका छन् ।’ लिभरपुलको अफिसियल वेभसाइटमा शकिरीले भनेका छन् । ‘ यहाँ जोडिन पाउन मेरो लागि खुशीको क्षण हो । म आफ्नो तर्फबाट सक्दो राम्रो खेल्ने प्रयास गर्नेछु ।’

शकिरीको स्वीट्जरल्यान्ड रसिया विश्वकपको अन्तिम १६ सम्म पुग्न सफल भएको थियो । शकिरीले यसअघि एफसी बसेल, बायर्न म्युनिख, इन्टर मिलान र स्टोक सिटीबाट खेलिसकेका छन् । यस सिजन स्टोक सिटी रेलिगेसनमा परेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.