default_image

7 years ago

July 14, 2018

विश्वकप तेस्रो स्थानको खेल आज : बेल्जियमसँग बदला लिने इङ्ल्यान्डलाई अवसर

95 views

0 Bookmark

पिटर्सबर्ग (एजेन्सी) – रसिया विश्वकपमा आज तेस्रो स्थानको लागि खेल हुदैछ । तेस्रो स्थानको खेल नेपाली समय अनुसार ७ः४५ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा युरोपका दुई बलिया राष्ट्र इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा हुनेछ । 

यी दुई टोली जारी विश्वकपमा दोस्रोपटक आमने सामने हुन लागेका हुन् । समूह चरणको अन्तिम खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । गोल्डेन जेनेरेसन मानिएको बेल्जियम टोलीले इङ्ल्यान्डलाई १–० ले हराउँदै समूह ‘जी’ को विजेता बनेको थियो । इङ्ल्यान्ड समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो ।

समूह चरणको त्यो अन्तिम खेलमा दुवै टोलीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उत्रारेको थियो । एडनान यानुजाईको एकमात्र गोलमा बेल्जियम विजयी भएको थियो । फाइनल पुग्न असफल भएपछि दुवै टोली विश्व कपबाट कम्तीमा तेस्रो भएर फर्कने लक्ष्यमा हुनेछन् ।

समूह चरणमा इंग्ल्यान्डलाई पराजित गरिसकेका कारण बेल्जियम यसपटक पनि सफल नतिजा निस्कानेमा आशावादी छ । इङ्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ । फर्ममा रहेका तथा गोल्डेनबुटका दाबेदार कप्तान ह्यारी केन खेलमा चल्न सके इंग्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने सम्भावना रहन्छ ।

केन ६ गोलसहित गोल्डेनबुटको दाबीमा अग्रस्थानमा छन् । बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग १–० ले तथा इंग्ल्यान्ड क्रोएसियासँग थप समयमा समयमा २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएका थिए । फ्रान्स र क्रोएसियाबीच फाइनल आइतबार हुनेछ । फ्रान्स दोस्रो पटक विश्वकप जित्ने योजनामा रहँदा क्रोएसिया पहिलोपटक विश्वकप जित्ने इतिहास रच्ने योजनामा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.