7 years ago
July 15, 2018
मस्को (एजेन्सी)– क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले यदि आफ्नो टोलीले विश्वकप जितेको खण्डमा निधारको अघिल्लो भागमा ट्याट्टु खोप्ने बताएका छन् । पहिलोपटक फाइनलमा स्थान बनाएको राकिटिकको टोलीले आइतबार विश्वकपको उपाधिको लागि फ्रान्सको सामना गर्दैछ ।
फाइनल अघि सञ्चारकर्मीसँग कुरा गर्दै राकिटिकले भने, यदि क्रोएसियाले विश्वकप फटबलको उपाधि जितेर इतिहास बनाउनेछ भने म पनि निधारमा ट्याट्टु खोप्न तयार हुनेछु । ज्लाट्को डालिकको क्रोएसियाले अविश्वसनीय रुपमा फाइनलमा स्थान बनाउन सफल भएको थियो । राकिटिकले थपे ‘त्यहाँ धेरै ठाउँ छ, तपाईं पनि देख्न सक्नुहुन्छ ? तर, पहिले मैले यो विषयमा मेरी श्रीमतीलाई सोध्नुपर्छ ।’
यस्तै राकिटिकले क्रोएसिया विश्वकपको नयाँ च्याम्पियन बने टोलीले छुट्टै तरिकाले खुशीयाली मनाउने बताएका छन् । ‘वास्तवमा म एकदमै खुशी छु । किनकी मेरो टोली पहिलो पटक फाइनलमा पुग्न सफल भएको छ । एउटा टोलीका रुपमा गोल गर्न सक्नु र फाइनलसम्म पु¥याउनुलाई सबैले ठुलो सफलता मान्दछन् ’ उनले थपे, एक भएर खेल्दा नै हामीले यो सफलता हात पारेका हौं । फाइनल जित्न पनि आतुर छौं ।’
समूह चरणमा शतप्रतिशत जित निकालेको क्रोएसियाले प्रि–क्वार्टरफाइनलमा डेनमार्क र क्वार्टरफाइनलमा रसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । सेमिफाइनलमा इङ्ल्यान्डमाथि अतिरिक्त समयमा २–१ को सनसनीपुर्ण जित निकाल्दै क्रोएसिया फाइनल पुगेको थियो । नकआउट चरणमा संघर्ष गर्नुपरेपनि टोली नथाकेको राकिटिकले बताएका छन् ।
‘हामीले फाइनल खेलअघि प्रशस्तै आराम गर्ने अवसर पाएका छौं । फ्रान्सविरुद्धको ऐतिहासिक खेलमा हामी थकित महसुस नगरी उत्कृष्ट खेल पस्कने योजनामा हुनेछौं । यो खेल हाम्रो लागि मात्रै हैन । यो क्रोएसियन जनताहरुको लागि पनि हो ’ राकिटिकले भने, ‘यहाँ ४।५ मिलियन खेलाडीहरु छन् । उनीहरु एकले अर्कालाई हेरिरहेका हुनेछन् । यो हाम्रो जीवनको सबैभन्दा ठूलो खेल हो ।’
उनथे थपे ‘क्रोएसियाले कसरी फाइनलसम्म स्थान बनायो भनेर तपाईंले क्रोएसियाको फुटेज हेर्न सक्नुहुनेछ । जहाँबाट तपाई छलंङ्ग हुनुहुनेछ । अनि टोलीको एकता र गर्वको अविश्वनीय आनन्दित महसुस गर्नुहुनेछ ।’
सच्चाइएको : आइतबार बिहान १०ः१० बजे
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]