default_image

7 years ago

July 14, 2018

बेल्जियम विरुद्ध इंग्ल्यान्ड – सुरुवाती ११

109 views

0 Bookmark

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले-अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । सेन्ट पिटर्सबर्ग रंगशालामा खेलिने सो खेल नेपाली समयअनुसार ७.४५ बजे सुरु हुने छ ।

सेमिफाइनलमा बेल्जियम फ्रान्ससंग १-० ले पराजित भएको थियो भने इंग्ल्यान्ड क्रोएसियासंग अतिरिक्त समयमा २-१ ले पराजित हुन पुगेको थियो । दुवै टोलीले समूह ‘जी’ को अन्तिम खेलमा भिडेका थिए जसमा बेल्जियम १-० ले जित हात पारेको थियो । त्यस खेलको विपरीत आज दुवै टोलीले आफ्नो बलिया टोली नै उतार्ने भएका छन् ।

इंग्ल्यान्डले आज डिफेन्डर कायल वाकरको स्थानमा फिल जोन्सलाई खेलाउने भएको छ । त्यस्तै एस्लि योङको स्थान ड्यानी रोजले लिने छन् । मिडफिल्डको मध्य भागमा डेले अल्ली र जेसे लिन्गार्डको स्थानमा रुबेन लफ्टस-चिक र फाबियन डेल्फ रहेका छन् । ६ गोलसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका ह्यारी केनले इंग्ल्यान्डको कप्तानी गर्ने छन् ।

अर्को तर्फ, बेल्जियमको टोलीमा पनि केही परिवर्तन रहेको छ । विङ ब्याक थोमस म्युनियरले अघिल्लो खेलमा प्रतिबन्धमा परेका थिए तर आज उनी मुसा डेम्बेलेको स्थानमा टोलीमा फर्केका छन् । त्यस्तै मरोएनी फेलाइनीको स्थान युरी टाइलेमान्सले लिएका छन् । गोल्डेन बलको मौका जीवित रहेको एडेन हाजार्डले टोलीको कप्तानी गर्ने छन् भने केन भन्दा २ गोल पछि रहेका लुकाकुले अग्रपंक्ति सम्हाल्ने छन् ।

सुरुवाती ११

बेल्जियम

गोलकिपर – थिबो कोर्टुवा
डिफेन्डर – थोमस म्युनियर, टोबि एल्डरवेरल्ड, भिन्सेन्ट कम्पनी, जान भर्टोन्घेन, नसिर चाड्ली
मिडफिल्डर – युरी टाइलेमान्स, अक्सेल विटसेल
फरवार्ड – केभिन डि ब्रुयन, एडेन हाजार्ड, रोमेलु लुकाकु

इंग्ल्यान्ड

गोलकिपर – जोर्डन पिकफोर्ड
डिफेन्डर – केरन ट्रिपियर, जोन स्टोन्स, ह्यारी म्याग्वाएर, फिल जोन्स, ड्यानी रोज
मिडफिल्डर – रुबेन लफ्टस-चिक, फाबियन डेल्फ
फरवार्ड – ह्यारी केन, रहिम स्टेर्लिङ

आजको खेलको नतिजा के होला ? अनुमान लगाउनुहोस् ।

 

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.