7 years ago
July 14, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले-अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । पहिलो हाफको अन्त्यमा बेल्जियमले १-० को अग्रता लिएको छ ।
खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । ह्यारी केन र रोमेलु लुकाकु दुवैले आफूले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।
सेमिफाइनलमा बेल्जियम फ्रान्ससंग १-० ले पराजित भएको थियो भने इंग्ल्यान्ड क्रोएसियासंग अतिरिक्त समयमा २-१ ले पराजित हुन पुगेको थियो । दुवै टोलीले समूह ‘जी’ को अन्तिम खेलमा भिडेका थिए जसमा बेल्जियम १-० ले जित हात पारेको थियो । त्यस खेलको विपरीत आज दुवै टोलीले आफ्नो बलिया टोली नै उतारेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]