default_image

7 years ago

July 19, 2018

हाजार्डलाई अझै सुधार्ने प्रशिक्षक सारीको चाहना

110 views

0 Bookmark

लन्डन (एजेन्सी)– चेल्सीका नयाँ प्रशिक्षक माउरिजियो सारीले फरवार्ड इडेन हाजार्ड क्लबमै रहेको हेर्न चाहेको र उनमा अझै सुधार गर्न सक्ने बताएका छन् । छ वर्षमा चेल्सीमा बिताइसकेका हाजार्ड स्पेनिस क्लब रियल म्याड्रिड जान सक्ने चर्चाका बीच सारीको यस्तो भनाई आएको हो ।

Hazard

विश्व कपमा उच्च प्रदर्शन गरेको बेल्जियमका कप्तान अब नयाँ ढंगले आफ्नो खेल जीवन अघि बढाउने चाहेको र रियल जान सक्ने अनुमान गरिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सारीले भने हाजार्डलाई स्तरीय खेलाडी भएको उल्लेख गर्दै भने, उनी युरोपका दुई वा तीन मध्ये एक उत्कृष्ट खेलाडी हुन् । उनी माथिल्लो स्तरको खेलाडी हुन् । मलाई आशा छ म अझै सुधार गर्न सक्छु ।

बेल्जियमका प्रशिक्षक रोर्बेटो मार्टिनेजले भने केहि फरक गर्ने सोचमा रहेका हाजार्ड चेल्सी बस्ने वा अन्त जानेले नै निर्णय लिनु पर्ने बताउछन् । हाजार्डले रियल जाने हल्लातर्फ संकेत गर्दै भने, तपाईहरुलाई थाहा छ मेरो गन्तव्य कहाँ हो । यहाँ बस्ने भए म निर्णय गर्न सक्छु तर चेल्सीले अन्तिम लिएको राम्रो, म जाने नजाने विषयमा ।बेल्जियमलाई विश्व कपमा तेस्रो बनाउदा त्यसको नेतृत्व गरेको हाजार्ड अहिले विदामा छन् । चेल्सीका प्रशिक्षक सारीले हाजार्डलाई भेट्न चाहेको बताएका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.