default_image

7 years ago

July 19, 2018

मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु हुन्न – टेभेज

149 views

0 Bookmark

ब्यूनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टेभेजले लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन नहुने र उनलाई भविष्यमा अर्जेन्टिना साथ दिनै पर्ने बताएका छन् ।

मेस्सीको नेतृत्वको रहेको अर्जेन्टिना यसपटकको विश्वकपमा पनि निराश भएर रसियाबाट फर्केको थियो । प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै मेस्सीको टोली घरफर्केको थियो । बार्सिलोनाका स्टार आफैले पनि चार खेलमा १ गोलमात्र गर्न सकेका थिए ।

३१ वर्षे स्टार र अर्जेन्टिनाका सामर्थकबीचको सम्बन्ध खासै हार्दिकतापूर्ण कहिल्यै रहेन । यसले मेस्सीलाई पनि खासै आश्चार्यमा पार्दैन । यदि मेस्सीले यहि  अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए भने त्यो अच्चम हुने छैन भन्ने कतिपयको तर्क रहने गरेको छ ।

म्यानचेस्टर युनाइटेडका पूर्व स्टार टेभेज भने उनको भविष्यको अन्तिम निर्णय मेस्सी आफैले लिनु उपयुक्त हुने बताउँछन् । ‘मलाई लाग्छ मेसीले नै यो बारेमा सोच्नेछन् । यदि उनी यहाँ रहेर खुसी हुन सक्दैनन् भने उनले सोच्नुपर्ने हुन्छ । उनलाई के गर्दा सहज हुन्छ त्यो बढी महत्वपूर्ण हो,’ टेभेजले भने,‘ अर्जेन्टिना जस्तो टोलीको नेतृत्व गर्नु वास्तवमै निकै गाह्रो हुनेगर्दछ । ’

अर्जेन्टिनाले उनलाई कहिले खुसी पार्न नसकेको उल्लेख गर्दै भने,‘ मलाई लाग्छ उनलाई सहज हुने गरि साथ नदिनु हाम्रो गल्ति हो । एउटा खेलाडी र अर्जेन्टिनी भएको नाताले म भन्छु हामी उनलाई चाहन्छौं किनकी उनी अर्जेन्टिनाको आत्मा हुन् । सम्भव भएसम्म उनले खेल्नुपर्दछ । उनी अर्जेन्टिनाका ठूलो खेलाडी हुन् र उनले त्यसको जिम्मेवारी पनि निर्वाह गर्नुपर्दछ ।’

उनलाई अब केहि समयको आरामले सोच्न दिनुपर्दछ टेभेजको भनाई । उनले भने,‘ हामी उनलाई फेरी मैदानमा पुरानै अवस्थामा देख्न चाहन्छौं ।’ समूह चरणका तीन मध्ये १ जित र १ बराबरी र एक हारका साथ अर्जेन्टिना नकआउट चरण पुगेको थियो । तर, टोलीले खराब प्रदर्शनका कारण निकै आलोचन खेप्नु परेको थियो ।

आयसल्यान्डविरुद्ध पेनाल्टी चुकाएका कारण मेस्सीको पनि खुब आलोचना भएको थियो । बार्सिलानाबाट क्लबका स्तरीय र व्यक्तिगत रुपमा सबै खाले उपाधि जितसकेका मेस्सीले अर्जेन्टिनाका लागि भने अहिले सम्म महत्वपूर्ण उपाधि जित्न सकेको छैनन् । यद्दपी उनको नेतृत्वमा अर्जेन्टिना विश्व कप फाइनल र कोपा अमेरिकाको दुई पटक फाइनल पुगेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.