7 years ago
July 20, 2018
लन्डन (एजेन्सी)– जति बेला चेल्सीको स्वामित्व रुसी धनाद्य रोमन अब्रामोभिचले किनेका थिएनन्, त्यति बेला यो बेग्लै क्लब थियो । यसका प्रशंसक पनि अहिलेको जत्ति थिएन् । क्लबको उपस्थिति इंग्लिस फुटबलमा भने दरिलो नै थियो ।
त्यति नै बेला चेल्सीका स्टार खेलाडी थिए, जियानफ्रान्को जोला । उनले सात वर्ष भन्दा केही बढी समय चेल्सीका लागि खेले । सन् १९९६ मा उनी चेल्सी आइपुगे र २००३ सम्म खेले । उनलाई चेल्सीमा भित्र्याउने काम गरेका थिए, अरू कसैले होइन, रुड गुलिट । डच लेजेन्ड गुलिटलाई कसले बिर्सन सक्छ र ? जोला पनि उत्तिकै बराबरका खेलाडी हुन्, कम्तीमा चेल्सीका लागि ।
त्यसैले त केही वर्ष अगाडि मात्र चेल्सीका समर्थकले गरेको मतदानको आधारमा उनी चुनिएका थिए, यो क्लबका लागि खेलेका अहिलेसम्मकै महान खेलाडी । यस्तो नहोस पनि किन र भने फेरि ? त्यति बेला क्लब न त अहिले जस्तो धनी थियो । धनी नभएको क्लबसँग महँगा खेलाडी पनि कहाँ धेरै हुन्थ्यो र ? तर यस्तै सीमितताबीच जोलाले चेल्सीलाई राम्रै सफलता दिलाए ।
उनको यस्तै यस्तै अब्बल दर्जाको खेलको मदतले त हो, चेल्सीले सन् १९९६–२००३ बीच दुई संस्करणको एफएकप, अनि एकरएक यूईएफए विनर्स कप, यूईएफए सुपरकप र लिगकप जितेको । जति बेलासम्म जोलाले स्टायनफोर्ड ब्रिजमा खेले, त्यति बेला उनले साँच्चै आफ्नो खेलले तहल्ला नै मच्चाए । यी इटालीका फरवार्डको कुरै बेग्लै थियो । उनले त्यति बेला मैदानमा यस्तो गरे, यसरी प्रतिद्वन्द्वी खेलाडीलाई छक्याए, ती सबै सुन्दा र अहिले हेर्दा कथा जस्तै लाग्न सक्छ ।
अहिले यिनको यो सबै चर्चा किन भन्दा उनी फेरि चेल्सीमा फर्केका छन् । अब उनको भूमिका हो, सहायक प्रशिक्षक हो । सहायक प्रशिक्षक ? प्रश्न उठ्न सक्छ, आखिरमा उनी जत्तिको प्रशिक्षकलाई किन फेरि सहायक बन्नु र्पयो ? हुन पनि यसअघि उनले प्रशिक्षककै रूपमा वेस्ट ह्याम, वाटफोर्ड, बर्मिङघम र कागलिरी जस्ता क्लब सम्हालिसकेका छन्, एक्लै आफैले । सायद यसको उत्तर हुन सक्छ, चेल्सीप्रतिको उनको माया । त्यसैले पनि जोलाको चेल्सी प्रवेश मीठो पुर्नआगमन रहेको छ ।
यदी कोही चेल्सीको भर्खरै मात्र समर्थक बन्न थालेको हो भने जोला खेल्दाको चेल्सीको इतिहास एकपल्ट पल्टाए, निकै राम्रो । जोला आफैले भनेका छन्, ‘चेल्सी फर्केकोमा म निकै खुसी छुं ।’ उनलाई अहिले यहाँ ल्याएका हुन्, मुख्य प्रशिक्षक मौरिसिओ सारीले । अबका दिनमा चेल्सीले कसरी खेल्नेछ, यिनै दुई इटालीका फुटबल व्यक्तित्वमा भर पर्छ । यहाँनिर एउटा छुट्याउनै नहुने तथ्य के भने अहिले त यी जोला सहायक प्रशिक्षक छन्, कुनै दिन त्यस्तो पनि आउने छ, जति बेला उनी मुख्य प्रशिक्षक नै हुनेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]