7 years ago
July 19, 2018
लन्डन (एजेन्सी) – आफनै पूर्व खेलाडी जियानफ्रान्को जोलालाई चेल्सीले सहायक प्रशिक्षक नियुक्त गरेको छ । माउरिजो सारीको सहायकका रुपमा जोलाले काम गर्नेछन् । जोलाले सन् १९९६ देखी २००३ सम्म खेलाडीको रुपमा चेल्सीमा रहदा दुई युइएफए कप, एक युइएफए सुपर कप र एक लिग कप जिताएका थिए ।
‘मेरो लागि यो एक खुसिको कुरा हो र यहाँ म एकदम खुसि छु ’ सहायक प्रशिक्षक नियुक्त भएपछि जोलाले भने, सारीसँग सफल हुन र क्लबको लागि उत्कृष्ट गर्न म सधै राम्रो गर्ने छु । जस्तै मैले एक खेलाडीको रुपमा बिगतमा गरेको थिए । म सामान्यतया चुनौतिका लागि तयार छु । सबैलाई माया गर्दै नयाँ साहसिक कार्य गर्न म उत्साहित छु ।’
जोलाले चेल्सीमा रहेर ३ सय १२ लिग खेल्दै ८० गोल गरेका थिए । सन् २०१७ अप्रिल मा उनी बिर्मिघम सिटीको प्रशिक्षक नियुक्त भएका थिए । चेल्सीको अष्ट्रेलियामा हुने प्रि सिजनमा जोला सामेल हुने भएका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]