7 years ago
July 20, 2018
म्याड्रिड (एजेन्सी)– स्पेनिस टोलीका नयाँ प्रशिक्षक लुइस इनरिकेले आफ्नो कार्यकालमा उथलपुथल नभइ क्रमिक सुधार हुने र पहिलो रोजाइमा धेरै चकित पार्ने नाम आउन सक्ने बताएका छन् । बल पासमा अत्याधिक पोसेसन राख्न चर्चित स्पेन रसियामा सम्पन्न विश्वकपमा पनि त्यसमा सफल भयो, तर त्यसले टोलीलाई फाइदा गर्न सकेन । विश्व कपको दाबेदारमध्ये एकका रुपमा हेरिएको स्पेनिस टोली प्रिक्वार्टरफाइनल भन्दा अघि बढ्न सकेन ।
विश्व कप सुरु हुनु एक दिन अघि तत्कालिन प्रशिक्षक जुलियन लोपेटेगुईलाई बर्खास्त गरेपछि टोलीलाई अस्थाई रुपमा फर्नान्डो हियरोले सम्हालेका थिए । विश्व कप खेल्ने तयारीमा रहेका बेला लोपेटेगुई रियल म्याड्रिडको प्रशिक्षक नियुक्त भएपनि स्पेन फुटबल संघले उनलाई बर्खास्त गरेको थियो । विश्व कप अन्तिम १६ मा स्पेन विश्व कपसँग पराजित भएर बाहिरिएको थियो ।
‘कुनै उथलपुथल हुने छैन । क्रमिक सुधार गर्दै जानेछौं । क्रमिक सुधारबाटै परिवर्तन हुनेछ जुन मैले बार्सिलोनामा पनि गरेको थिए,’ बार्सिलोनाका पूर्व प्रशिक्षक रहेका इनरिकेले स्पेनिस प्रशिक्षकका रुपमा औपचारिक रुपमा सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा उनले भने, ‘फुटबल भनेको क्रमिस सुधारको प्रक्रिया हो । हामी त्यहि गछौं जे अहिले गर्ने सोचमा छौं ।’
इनरिकेले फुटबलमा आक्रमकता आवश्यक रहेको उल्लेख गर्दै भने, बल नियन्त्रणमा राख्ने र विपक्षीलाई दुःख दिने र त्यहाँ सुधार गर्नुपर्ने पनि छ । इनरिकलेले बार्सिलोनालाई प्रशिक्षण दिदा सन् २०१४ र २०१७ मा ला लिगा उपाधिका साथै २०१५ मा च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । उनले अब खेलाडीको नामका आधारमा नभई उनको फर्म र खेल ढाँचाका आधारमा छनोट हुने प्रष्ट पारेका छन् ।
‘म पहिलो रोजाइको टोलीको घोषणाका लागि ढिला गर्न चाहन्न । त्यहाँ थुप्रै चकित पार्ने नाम हुनेछन् । मैले पहिलो रोजाइमा ७० खेलाडीलाई राखेको छु’, उनले भने, ‘कसैलाई पनि टोलीमा आफु पर्छु पर्दिन भन्ने थाहा छैन । मैले कुनै पनि खेलाडीसँग कुरा गरेको छैन ।’इनरिकेले पहिलो कामका रुपमा बार्सिलोनाका रक्षक जेरार्ड पिकेको विषय टुंगाउने बताएका छन् ।
३१ वर्ष रक्षकले अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने संकेत गरेपनि विश्वकप पछि उनको सार्वजनिक अभिव्यक्ति आएको छैन । ‘विशेष कारणले दुई वर्षअघि उनले सन्यासको कुरा गरेका हन्,’उनले थपे, ‘म पिके जस्तो खेलाडीलाई आफ्नो टोलीमा देख्न चाहन्छु । उनी कुन क्षमताका खेलाडी हुन सबैलाई थाहा छ । हामीले सबै खेलाडीको भावना र विचारको सम्मान गर्नुपर्दछ ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]