7 years ago
July 20, 2018
लिभरपुल (एजेन्सी) – लिभरपुलले रोमा तथा ब्राजिलका गोलकिपर एलिसनलाई कीर्तिमानी रकममा छ बर्षका लागि औपचारिक रुपमा अनुबन्ध गरेको छ । यो सँगै उनी सबै भन्दा महंगा गोरक्षकको सुचिमा शीर्षस्थानमा रहेका छन् । एलिसनको पारिश्रमिक सार्वजनिक नगरेको लिभरपुलले रामासँग भने ७२.५ मिलियन युरोको सम्झौता गरेको छ ।
२५ वर्षे एलिसनले भने, यो क्लबको सदस्य बन्न पाउनु मेरो लागि र खेल जीवनका लागि सबैभन्दा ठूलो र सुखद कदम हो । रोमााबट उनले गत सिजन सिरिएमा ३७ खेल खेलेका थिए ।
हामीले एक वास्तविक व्यक्तिसँग सम्झौता गरेका छौ । हामी त्यस्ता गोलकिपरसँग सम्झौता गरेका छौं जो विश्वका उत्कृष्ट मध्येका एक हुन्, लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले भने, यसमा सबै उत्साहित छौं ।
चर्चित स्ट्राइकर मोहम्मद सलाह पनि रोमाबाट लिभरपुल पुगेका थिए । सपना पुरा भएको छ । म धेरै खुसि छु की सलाहसँग खेल्ने अवसर पाएको छु , एलिसनले भने, उनी महान व्यक्तित्व भएका खेलाडी हुन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]