default_image

7 years ago

July 20, 2018

सान्चेज अमेरिकामा रहेको युनाइटेड टोलीमा सामेल हुन सक्ने

108 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – स्ट्राइकर एलेक्स सान्चेज प्रि सिजन अमेरिका भ्रमणमा रहेको म्यानचेस्टर युनाटेड टोलीमा छिट्टै सामेल हुने सम्भावना रहेको बताइएको छ । गैरकानुनी कार्य गर्नेलाई भिसा नदिइने भन्दै अमेरिकाले सान्चेजलाई सुरुमा भिसा दिन अस्वीकार गरेको थियो । सान्चेजले फेब्रुअरीमा कर छली स्वीकारेका थिए ।

तर पछि अमेरिकाले चिलीका फरवार्डलाई भिसा दिने संकेत गरेपछि उनको भ्रमण सम्भावना बढेको हो । २९ वर्षे सान्चेज टोलीको दोस्रो खेलमा उपलब्ध हुने अपेक्षा गरिएको छ । युनाइटेडका जोसे माउरिन्होले बुधबार सान्चेजले भ्रमणको सुरुवात गर्न नपाउँदा दुःख मनाउने गरेका थिए ।

‘यो उनका लागि मेरा लागि वा कसैको लागि पनि सुखद होइन,’ उनले भने, ‘यसमा कसैलाई दोष दिने कुरा हुन्न । क्लबले प्रयास गरिरहेको छ । म अमेरिको भिसा प प्रक्रियाको सम्मान गर्छु । ‘सान्चेजले छिट्टै अमेरिका जाने आशयसहितको फोटो इन्स्टाग्राममा फोटो पोष्ट गरेका छन् ।

 

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.