default_image

7 years ago

July 20, 2018

रियलको नजरमा नेयमारदेखि हाजार्ड सम्म

123 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – यो सिजन रियल मड्रिडका लागि पहिले भन्दा फरक हुने अनुमान गरिएको छ । कारण रियललाई लगातार च्याम्पियन्स लिग उपाधि दिलाउने प्रशिक्षक जिनादिन जिदेनले क्लबसँगको नाता तोडेको थिए । त्यति मात्र होइन क्लबका अहिले सम्मका सर्वाधिक गोलकर्ता पोर्चुजित स्टार क्रिस्टियानो रोनाल्डोले पनि ९ वर्ष लामो यात्रालाई टुंगाउँदै गत साता युभेन्ट्ससँग सम्झौता गरे ।

जिदानले क्लब छोडेपछि उनको ठाँउमा स्पेनिस राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइ भित्राइएको थियो । विश्व कप सुरु हुन केहि दिन बाँकी रहँदा रियलले उनलाई जिदानको उत्तराधिकारी घोषणा गरेपछि स्पेनले लोपेटेगुइलाई बर्खास्त गरको थियो ।

रियलको नेतृत्व सम्हालेपछि लोपेटेगुइले स्पेन तथा रियल सोसिडाडका राइट–ब्याक अल्भारो ओड्रिओजोलालाई अनुबन्धित गरिसकेको छ । उनलाई ३५ मिलियन पाउण्डमा रियलले भित्राएको हो । यस घटनासँगै रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले यो सिजनको ट्रान्सफरमा २२ वर्षे खेलाडीमा ध्यान दिने प्रतिबद्धता गरेका थिए ।

ट्रान्सफरका लागि अब केहि समयमात्र बाँकी रहँदा रियलले भित्राउन सक्ने सम्भावित खेलाडीको यहाँ चर्चा गरिएको छ ।

नेयमार (पिएसजी)
नेयमार रियलका अध्यक्ष फ्लोरेन्टिनोको नजरमा सबैभन्दा अगाडि छन् । यसअघि पनि रियलले उनलाई दुई पटक सम्म भित्राउने प्रयास गरेको थियो । यसअघि सन् २००५ मा उनलाई उनलाई रोविन्होको विकल्पका रुपमा हेरिएको थियो । तर उनी स्वदेशकै सान्तोषमा खेल्न तयार भए । दोस्रो पटक २०१३ मा उनलाई पुनः रियलले प्रयास गरेको थियो ।

तर त्यति बेला उनले रियलको नभई बार्सिलोनाको बाटो रोजे । पछिल्लो सिजनमात्र उनी कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । जहाँ चोटग्रस्त हुनुअघि उनले उच्च प्रदर्शन गरेका थिए । तेस्रो पटक रियलको उनलाई लिने प्रयास सफल हुन्छ वा हुन्न त्यसको लागि केहि समय अझै कुर्नुपर्ने हुन्छ । यद्दपी उनी अझै एक सिजन पिएसजीमै रहन चाहेको पनि बताइएको छ ।

केलियन एमबाप्पे (पिएसजी)
केलियन एमबाप्पे रियलले लिन चाहेका अर्का युवा खेलाडी हुन् । पिएसजीकै स्टार एमबाप्पेलाई लिन चाहेको रियलले सार्वजनिक रुपमै स्वीकार गरेको छ । यहि साता फ्रान्सले विश्व कप जित्दाका एमबाप्पे महत्वपूर्ण सदस्य हुन् । १९ वर्षे उनी गत सिजन मोनाकोबाट लोनमा पिएसजी गएका थिए ।

नेयमारलाई लिन सफल नभएको खण्डमा एमबाप्पे रोनाल्डोको विकल्प हुन सक्ने अडकल कालिटएको छ । तर, एमबाप्पले पनि अझै पिएसजीमै रहन चाहेको संकेत गरेको बताइएको छ ।

इडेन हाजार्ड (चेल्सी)
चेल्सीका इडेन हाजार्डलाई रियलले नेयमार र एमबाप्पेको विकल्पको रुपमा हेरेको छ । आक्रामक मिडफिल्ड हाजार्डको नेतृत्वमा इंग्लयान्डलाई पराजित गर्दै बेल्जियमले विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको थियो । उनले चेल्सीमा ६ सिजन बिताइसकेका छन् ।

सञ्चार माध्यमका अनुसार उनी रियल जान इच्छुक छन् । २७ वर्षे हाजार्डले क्लब परिवर्तन गर्दा आफ्ना लागि राम्रो हुने उनको विश्वास छ । तर, विश्व कपमा उनको प्रदर्शन देखेर पनि चेल्सी उनलाई सहजै छाड्ने पक्षमा छैन ।

ह्यारी केन (टोटेनह्याम)
ह्यारी केन विश्व कपमा ह्यारी केनले सर्वाधिक गोलकर्ताको रहेका थिए । विश्वकपमा ६ गोल गरेका टोटनह्यामका स्ट्राइकरले रियलसँग केहि साइनो गाँस्ने सम्भावना बढेको छ ।

करिम बेन्जिमा मात्र सिनियर सेन्टर फरवार्ड रहेको रियललाई अर्को फरवार्डको आवश्यकता छ । यद्दपी केनले टोटेनह्यामसँग लामो सम्झौता गरेका छन् । २४ वर्षे उनले टोटेनह्यामका लागि उपाधि जित्ने सपना देखेको बताएका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.