default_image

7 years ago

July 20, 2018

म्यानचेस्टर सिटी यो सिजन पनि च्याम्पियन बन्ला ?

147 views

0 Bookmark

लन्डन (एजेन्सी) – घरेलु लिगमा इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिगलाई विश्वमा सबैभन्दा प्रतिस्पर्धात्मक र रोमाञ्चक लिगको रुपमा लिने गरिन्छ । त्यसो त स्पेनिस ला लिगा, जर्मन बुन्डेस लिगा, इटालियन सिरी ‘ए’ र फ्रन्च लिग वानलाई पनि विश्वमा सबैभन्दा बढी हेरिने लिगको रुपमा लिइन्छ ।

अन्य लिगको तुलनामा इंग्लिस प्रिमियर लिगकै बढी चर्चा हुने गर्दछ । यहाँ विभिन्न देशका खेलाडी देखि प्रशिक्षकसम्मको चर्को प्रतिस्पर्धा चलेको हुन्छ । प्रिमियर लिगको नयाँ सिजन शुरु हुनै लाग्दा यहाँ फेरि एकपटक खेलाडी भन्दा पनि प्रशिक्षकबीच चर्को प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

प्रिमियर लिगमा प्रशिक्षकको रुपमा यसपटक पेप ग्वार्डिओला, जोसे मौरिन्हो, योर्गन क्लोप, मौरिसियो पोचेटिन्हो यथावत रहँदा आर्सनलमा आर्सेनी विङ्गरको स्थानमा पिएसजीका इम्री क्यान र चेल्सीमा एन्टोनियो कोन्टेको स्थानमा मौरिसियो सारी क्लबलाई उपाधि जित्ने योजनाका साथ आएका छन् । उनीहरुले यस सिजनको लागि राम्रा–राम्रा खेलाडी अनुबन्ध गरिसकेका छन् ।

त्यसैले यस सिजनको प्रिमियर लिग झनै रोमाञ्चक हुने अनुमान गर्न थालिएको छ । अघिल्लो सिजनको च्याम्पियन म्यानचेस्टर सिटीले कडा प्रतिस्पर्धाको बीचबाट प्रतिद्धन्द्धीलाई १९ अंकले पछि पार्दै प्रिमियर लिग जितेको थियो । यतिमात्र हैन सिटीले प्रिमियर लिगमा कीर्तिमानी १ सय अंक र १ सय ६ गोल गर्न सफल भएको थियो ।

के यसपटक पनि सिटीले १९ अंककै अग्रतामा प्रिमियर लिगको उपाधि जित्न सक्ला ? यसपटक सिटीलाई उपाधि रक्षा गर्ने चुनौती छ । डेली मेलस्पोर्टस् ले यसपटक ६ प्रशिक्षक रहेको टिमको प्रिमियर लिग उपाधि जित्न सक्ने सम्भावनालाई केलाएका छन् ।

म्यानचेस्टर सिटी (च्याम्पियन)
पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीमा यो तेस्रो कार्यकाल हो । पहिलो सिजन टिमलाई औसत स्थानमा राखेका स्पेनिस क्लब बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका पेपले आफ्नो दोस्रो कार्यकालमा सिटीलाई फराकिलो अन्तरमा च्याम्पियन बनाइ छाडेका थिए ।

पेप तेस्रो कार्यकालमा पनि सिटीलाई दोस्रोपटक प्रिमियर लिग च्याम्पियन बनाउने योजनामा रहेका छन् । विश्वका उत्कृष्ट खेलाडीहरुको संयोजन रहेको सिटीमा प्रशिक्षक ग्वार्डिओलाले टिमको अग्रपङ्ति झनै बलियो बनाउन लेस्टर सिटीबाट रियाद महारेजलाई ६० मिलियन पाउन्डमा यस सिजन अनुबन्ध गरिसकेको छ ।

सिटीमा ब्राजिलका गाब्रियल जेसस, बेल्जियमका केभिन डि ब्रुयन, इंग्ल्यान्डका रहिम स्ट्रलिङ, जर्मनीका लिरोय साने र अर्जेन्टिनाका सर्जियो अग्विरो जस्ता खेलाडीहरु अग्रपङ्तिमा रहनेछन् । महारेजको आगमनले टिम झनै बलियो बनेको छ । ग्वार्डिओलाले इटाली तथा रोमाका मिडफिल्डर जर्जिन्होलाई भने क्लबमा अनुबन्ध गर्न सकेन ।

म्यानचेस्टर युनाइटेड (दोस्रो)
म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा सदाको दावेदार टिम हो । तर, युनाइटेड अघिल्लो सिजन शहरी प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीसँग १९ अंकले पछि रहँदै दोस्रो स्थानमा खुम्चियो । यति मात्र हैन युनाइटेड एफए कपको फाइनलमा चेल्सीसँग र च्याम्पिन्स लिगमा सेभियासँग पराजित हुदै उपािधिविहीन बनेको थियो ।

यसपटक प्रशिक्षक जोजे मौरिन्हो कुनैपनि हालतमा प्रिमियर लिगको उपाधि जित्ने योजनामा रहनेछ । युनाइटेडले यो सिजन ब्राजिलका मिडफिल्डर फ्रेडलाई ५२ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको छ । पोर्चुगलका डिफेन्डर डिएगो डालोटलाई १७ मिलियन पाउन्ड र इंग्ल्यान्डका गोलरक्षक लि ग्रान्टलाई अनुबन्ध गरेको छ ।

डिफेन्डर ह्यारी मिगुरेलाई अनुबन्ध प्रयास थालिरहेको छ । यसपटक जोजे मौरिन्होले नयाँ खेलाडी फ्रेड र विश्वविजेता टिमका पल पोग्वाबाट ठुलो अपेक्षा राखेको छ । उनीहरुलाई एलेक्सिस साञ्चेज र मार्कुस रासफोर्डसाथे दिने मौरिन्हाको विश्वास छ ।

टोटनह्याम हस्टपर (तेस्रो)
अघिल्लो सिजन उच्च प्रदर्शन गरेका टोटनह्याम हस्टपर यसपटक खेलाडी किनबेचमा स्थिर देखिएको छ । म्यानेजर मौरिसियो पोचेटिन्हो आफ्नो पुराना खेलाडीबाटै उपाधि जित्न सक्नेमा आशावादी छन् ।

रसिया विश्वकपको गोल्डेन बुट विजेता ह्यारी केनले सम्झौता नवीकरण गरेपछि टिमको मनोवल उच्च बनेको छ । तर, टिमका महत्वपूर्ण सदस्य डेल अलि र क्रिस्टियन इरिक्सनले क्लब छोड्न सक्ने छ । उनीहरुले क्लब छाडे टोटनह्यामको उपाधि यात्रामा केही असहज हुनेछ ।

लिभरपुल (चौथो)
जर्गेन क्लोप लिभरपुलमा प्रशिक्षक भएर आएपछि लिभरपुलले गज्जवको प्रदर्शन गरिररहेको छ । उनकै प्रशिक्षणमा लिभरपुल च्याम्पियन्स लिगको फाइनलसम्म पुग्न सफल हुदा प्रिमियर लिगमा चौथो स्थान हात पार्न सफल भएको थियो ।

खेलाडी अनुबन्धमा नचुक्ने क्लोपले यो सिजनको लागि ब्राजिलका गोलरक्षक एलिसन बेकरलाई ६७ मिलियन कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गरिसकेको छ । नावी केइटा, फाबिन्हो र जर्दान शाकिरीलाई क्लबमा अनुबन्ध गर्दै सन्तुलित टिम बनाएको छ । टिमा अघिल्लो सिजन उच्च प्रदर्शन गरेका मोहम्मद सलाह र साडियो मानेको पनि साथ रहनेछ ।

चेल्सी (पाँचौ)
चेल्सीले अघिल्लो सिजन प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न सकेन । अघिल्लो सिजन राम्रो प्रदर्शन गर्न नसकेपनि चेल्सीले एफए कपको उपाधि जित्न सफल भएको थियो । प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यसहित चेल्सीले यसपटक प्रशिक्षक परिवर्तन गरेको छ ।

चेल्सीको नयाँ प्रशिक्षकको रुपमा रोमाका इटालियन प्रशिक्षक मौरिसियो सारीलाई नियुक्त गरेको छ । प्रशिक्षकमा नियुक्त भएसँगै सारीले नयाँ खेलाडीको रुपमा इटाली तथा रोमाका मिडफिल्डर जर्जिन्होलाई ५७ मिलियन पाउन्डमा नियुक्त गरेको छ ।

बेल्जियमका इडेन हजार्ड र गोलरक्षक थिवाउट कोर्टुवा रियल जाने हल्ला चलिरहँदा प्रशिक्षक सारी उनलाई रोक्ने योजनामा हुनेछ । चेल्सीले युभेन्टस्का गोन्जलो हिग्विनलाई अनुबन्ध गर्ने प्रयास थालेको छ । हजार्ड र कोर्टुवालाई रोक्न नसके चेल्सीलाई यसपटक उपाधि जित्न कठिन हुनेछ । समर ट्रान्सफर बाकी रहँदा टिममा के कस्तो परिवर्तन हुने हो त्यो भने हेर्न बाँकी छ ।

आर्सनल (छैटौ)
आर्सनलले आफ्नो मुख्य प्रशिक्षक आर्सेनी विङ्गरलाई परिवर्तन गर्दै फ्रेन्च क्लब पिएसजीका प्रशिक्षक इम्री केनलाई प्रशिक्षकमा नियुक्त गरेको छ । अघिल्लो सिजन मध्यम प्रदर्शन गरेपछि आर्सनल प्रशिक्षक फेर्न बाध्य बनेको थियो । इम्री प्रशिक्षमा नियुक्त भएसँगै टिममा पाँच खेलाडी अनुबन्ध गरिसकेको छ ।

नयाँ खेलाडी लुकास टोरेराबाट प्रशिक्षक इम्रीले धेरै आशा गरेका छन् । विश्वविजेता फ्रान्सका स्टेफन एन्जोन्जीलाई इम्रीले क्लबमा अनुबन्ध गर्ने योजना बनाएको छ । प्रशिक्षक इम्रीले यसपटक यिनै खेलाडीहरुबाट प्रिमियर लिगमा शीर्ष चार स्थान हात पार्न सकिने बताएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.