7 years ago
July 20, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले इंग्ल्यान्डका गोलकिपर जोए हार्टको समाधान निकाल्न चाहेको बताएका छन् । गत सिजन म्यानचेस्टर सिटीबाट प्रिमियर लिग खेल्न लोनमा वेस्टह्याम युनाइटेड पुगेका उनको समझौता सकिएसँगै समाधान खोज्न चाहेको बताएका हुन् ।
टोरिनो र वेस्टह्यामसँंगको लोन सफल हुन नसकेपछि उनी पुनः सिटी फर्केका छन् । सिटीसँगको उनको सम्झौता अब एक सिजन बाँकी छ । ३१ वर्षे हार्ट टोलीको तेस्रो रोजाइका गोलकिपर भएका कारण उनले प्रिमियर लिगमा मौका पाउने सम्भावना कम छ । उनी अघि एन्डसन र क्लाउडियो ब्राभो शीर्ष दुई रोजाइमा आउछन् ।
‘हर्ट हाम्रो खेलाडी हुन्, ग्वार्डिओलाले भने, मलाई थाहा छ यो उनको लागि त्यति सहज छैन ।’ हर्टले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ७५ खेल खेलिसकेका छन् । तर, उनी यसपटकको विश्व कपमा टोलीको सदस्य रहन सकेनन् ।
खेलाडी सरुवा टुंगिन अब तीन साता बाँकी छ । तर, खेलाडी अगस्टको अन्त्य सम्म पनि अर्को क्लबमा जाने सम्भावना रहन्छ । ‘हामी प्रयास र समाधान खोज्दै छौ, ग्वार्डिओलाले थपे, कतैबाट उनका लागि प्रस्ताव आएन भने हामीसँगै रहनेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]