default_image

6 years ago

July 21, 2018

एसी मिलानको प्रतिबन्ध फुकुवा, युरोपा लिग खेल्न पाउने

मिलान (एजेन्सी) – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले इटालियन क्लब एसी मिलानमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेका छन् । युइएफएले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मिलानमाथि लागेको प्रतिबन्ध फुकुवा भएको उल्लेख गरेको छ । प्रतिबन्ध फुकुवासँगै मिलानले यो सिजन २०१८/१९ को सिजनको युरोपा लिग खेल्न पाउने भएको छ । मिलानले इटालियन सिरी ‘ए’ मा अघिल्लो […]

23 views

0 Bookmark

मिलान (एजेन्सी) – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले इटालियन क्लब एसी मिलानमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेका छन् । युइएफएले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मिलानमाथि लागेको प्रतिबन्ध फुकुवा भएको उल्लेख गरेको छ । प्रतिबन्ध फुकुवासँगै मिलानले यो सिजन २०१८/१९ को सिजनको युरोपा लिग खेल्न पाउने भएको छ ।

मिलानले इटालियन सिरी ‘ए’ मा अघिल्लो सिजन छैटौ स्थानमा लिग सकाएको थियो । कोर्ट अफ आर्बिटेसन (कास) ले मिलानले क्लब लाइसेनिङ र फाइनान्सियल फेयर प्ले को नियमावाली उल्लङ्घन गरेको भन्दै यही जुनमा मिलानलाई युरोपा लिगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, मिलानले तत्कालै कासमा अपिल गरेपछि कासले मिलानको पक्षमा शुक्रबार निर्णय गरेको हो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.