7 years ago
July 21, 2018
लिभरपुल (एजेन्सी)– लिभरपुलका स्टार मोहम्मद सलाह र सडियो माने नयाँ सिजनको लागि टोलीको अभ्यासमा फर्केका छन् । सलाहले इजिप्ट र मानेले सेनेगलकातर्फबाट विश्व कपमा सहभागी भएका थिए ।
त्यसपछिको केहि समयको विश्रामपछि दुवै अभ्यासमा फर्केका हुन् । यसबीच, क्लबको जर्सी नम्बर १० अब मानेले लाउने पक्का भएको छ । यसअघि सो नम्बर फिलिप्पे काउटिन्हाले लगाउने गर्थे । मानेले भने १९ नम्बर जर्सीले लगाउने गर्थे । काउटिन्हो पछिल्लो सिजन बार्सिलोना पुगेका थिए ।
सलाह, माने र मार्को ग्रुजिक तीनै खेलाडीले अभ्यासका दौरान बास्केटबल समेत गरेका थिए । तीनै खेलाडी लिभरपुलको प्रि सिजन अमेरिका भ्रमणमा टोलीका साथ रहने छन् । अमेरिकामा लिभरपुलले बोरुसिया डर्टमन्ड, प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
पछिल्लो सिजन उच्च प्रदर्शन गरेका सलाहले सबै प्रतियोगितामा गरि ५२ खेलमा ४४ गोल गरेका थिए । मानेले २९ प्रिमियर लिग खेलमा १० गोल गर्नुका साथै ७ गोलमा एसिस्ट गरेका थिए ।
लिभरपुलले नयाँ सिजनका लागि रोमाबाट गोलकिपर एलिसनबाट ६५ मिलियन पाउन्डमा अनुबन्धन गरेको छ । यो कुनै गोलकिपरलाई एउटा क्लबले खर्च गरेको यो अहिले सम्मकै सर्वाधिक रकम हो । त्यस्तै मोनाकोबाट फाविन्होलाई ४३ मिलियन पाउन्ड र साकिरीलाई स्टोकबाट १३.५ मिलियन पाउन्डमा भित्राइएको थियो ।
प्रिसिजनमा लिभरपुलले ४ वटा मैत्रीपूर्ण खेल खेलिसकेको छ, जसमा टोली अपराजित रहेको छ । योर्गन क्लोपको टोलीले चेस्टरलाई ७–० ले, ट्रेनमेरलाई ३–२ र ब्लाकबर्नलाई २–० ले हराएको थियो । बुर्नेसँग भने लिभरपुलले गोलरहित बराबरी खेलेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]