default_image

7 years ago

July 23, 2018

नेयमारको दाबी, ‘साँच्चै दुखेको हो’

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्वकप २०१८ समाप्तीसँगै यसको चर्चा पनि धेरै हदसम्म सेलाइसकेको छ । एक प्रकारले विश्वकपको ‘ह्यान्ग ओभर’ अब समाप्त हुने विन्दुमा छ । तर पर्खौ, फुटबल पारखीहरूले नेयमारको भित्री कुरा नसुनेर कसरी मुक्त हुन पाउँछन् र ? यसपल्टको विश्वकपका एक चर्चित अनुहारमा पर्छन्, यी ब्राजिली खेलाडी नेयमार । धेरैका लागि उनी यस विश्वकपका नायक हुन सक्छन् । अथवा धेरैका लागि उनी खलनायक पनि हुन् ।

विश्वकप सकेको एक साता बितिसकेपछि पहिलो पल्ट उनले आफ्नो मुख खोलेका छन्, क्लब फुटबल खेल्न युरोप फर्केयता । पेरिस सेन्ट जर्मेन ९पीएसजी० का लागि नयाँ सिजनको तयारीका क्रममा ब्राजिल छाडेयता उनले पहिलो अन्तर्वार्ता दिएका छन् । उनको यो अन्तर्वार्ता तीन मुख्य विषयमा केन्द्रित छ । पहिलो, विश्वकपको क्वाटरफाइनलबाटै ब्राजिल बाहिरिनु उनका लागि असह्य पीडा रह्यो । यो पीडा पनि कस्तो भन्दा नेयमार रोए नै ।

‘ब्राजिल फर्केयता न त मैले विश्वकप हेरें, हुँदा हुँदा मलाई बल पनि हेर्न मन लाग्न छाडेको थियो । म त निकै रोएँ,’ नेयमारले भनेका छन् । विश्वकप खेल्ने क्रममै नेयमारले पीएसजी छोड्ने र रियल म्याड्रिड जाने हल्ला पनि चल्यो । क्रिस्टियानो रोनाल्डोले रियल छोडयता यो हल्लाले अझ परिपक्वता पायो । तर होइन, नेयमार पीएसजी छाड्ने मनसायमा छैनन् । उनले स्पष्ट शब्दका भनेका छन्, यो विषयमा । उनको भनाइ थियो, ‘ढुक्क भए हुन्छ, म पीएसजीमै हुनेछुं ।’

अब तेस्रो विषय । के नेयमारले विश्वकपका क्रममा सबैलाई हँसाउने गरेर चोटको बढी नै अभियन त गरेनन । यस्तै यस्तै आरोपका कारण उनको धेरै आलोचना पनि भयो । धेरै ट्रोल बने । भन्नेले त के सम्म बोले भने नेयमारले आफ्नो यो नाटकको बानी छाडेनन् भने उनी उत्कृष्ट खेलाडीमा पनि गनिने छैनन् । यसमा नेयमारको जवाफ के रह्यो त ? उनको भनाइ थियो, ‘मैले नाटक गरेको होइन, यस्तो किन गर्थें र ? प्रत्येक ट्याकलमा मलाई साँच्चै दुखेकै हो ।’
एजेन्सीको सहयोगमा

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.