7 years ago
July 23, 2018
म्युनिख (एजेन्सी)– जर्मनीका मिडफिल्डर मेसुट ओजिजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । जर्मन फुटबल संघमा भएको जातीवाद र विश्व कपको पहिलो चरणबाट बाहिरिनुमा आफुलाई मात्र दोषी देखाएको महसुस गरेपछि ओजिलले अन्तर्राष्ट्रिय फुटबल यात्रालाई अन्त्य गर्ने निर्णयमा पुगेका छन् ।
आर्सनलका २९ वर्षे प्लेमेकरले आफुलाई राजनीतिक ढंगबाट मुछ्ने काम भएकोमा गुनासो गर्दै अब राष्ट्रिय टोलीको जर्सी लगाउन नसक्ने बताएका छन् । विश्व कपमा ८० वर्षयता जर्मनीले सबै भन्दा खराब गर्दा ओजिलको चर्को आलोचना भएको थियो । विवादास्पद टर्कीका राष्ट्रपति रिकेप टेएप इर्डोडोनसँग उनको विश्व कपअघि सार्वजनिक भएको तस्बिरलाई लिएरपछि झन विवाद चर्काइएको थियो ।
रसिया विश्व कपमा जर्मनी ३ मध्ये २ खेलमा हार र १ खेलमा जित निकाल्दै समूह चरणबाटै बाहिरिएको थियो । आइतबार सामाजिक सञ्जालमा तीन वटा चिठ्ठी सार्वजनिक गर्दै ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले छोड्नुको मुख्य कारण जातीवाद र अपमान बताएका छन् ।
ओजिल जर्मनी र टर्कीस मिश्रित परिवारका हुन् । उनले उनको परिवारलाई इमेल, फोन र सामाजिक सञ्जालमार्फत धम्की आइरहेको पनि बताएका छन् । उनले ट्वीट गदैै भनेका छन्, ‘जर्मन फुटबल संघबाट मैले जस्तो व्यवहारको सामना गर्नुपर्यो, जसका कारण अब मलाई राष्ट्रिय टोलीको जर्सी लगाउने इच्छा रहेन ।’ जर्मनीले सन् २०१४ मा विश्व कप जित्दा ओजिल टोलीका महत्वपूर्ण सदस्य रहेका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]