default_image

7 years ago

July 23, 2018

इकार्डी र हाजार्ड रियलको सम्झौता नजिक

93 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडले यस ट्रान्सफर सिजनमा आफ्नो सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमायो । त्यस पश्चात रियल उनको विकल्पको खोजीमा रहेको छ ।

रियलको प्राथमिकतामा पेरिस सेन्ट जर्मन (पिएसजी) का दुई स्टार नेयमार र किलियन एम्बाप्पे रहेको थियो । तर दुवै खेलाडीहरुले यो सिजन पेरिसमै रहने बताएपछि रियलले फेरी अन्य विकल्पहरु खोज्दै छ ।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका एडेन हाजार्ड अहिले रियल म्याड्रिड भित्रिन नजिक रहेका छन् । उनले विश्वकपमा ३ गोल गर्दै सिल्भर बल (दोस्रो उत्कृष्ट खेलाडी) को उपाधि पनि जितेका हुन् ।

त्यस्तै अर्जेन्टिनाका स्ट्राइकर मौरो इकार्डीतर्फ पनि रियल इच्छुक रहेको छ । इकार्डीका लागि रियल ९८ मिलियन युरो खर्चिन सक्ने बताइएको छ ।

इटालियन क्लब इन्टर मिलानबाट खेल्दै आएका इकार्डीले गत सिजन सर्वाधिक २९ गोल गरेका थिए । उत्कृष्ट सिजन भएबावजुद इकार्डी अर्जेन्टिनाको विश्वकप टोलीमा पर्न असफल भएका थिए । इकार्डी रियल आए करिम बेन्जेमा भने एसी मिलान जाने जनाइएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.