7 years ago
July 23, 2018
क्यालिफोर्निया (एजेन्सी)– एलेक्स सान्चेजले प्रभाव पार्न नसकेपछि अमेरिका भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेड आज सान जोसे अर्थक्वेक्ससँग गोलरहित बराबरीमा रोकिएको छ । भिसा समस्याका कारण पहिलो मैत्रीपूर्ण खेलमा अनुपस्थित रहेको सान्चेज दोस्रो खेलमा सहभागी थिए ।
तर, उनले खेलमा खासै प्रभाव जमाउन सकेनन् । चिलीका फरवार्डले पहिलो हाफमा फ्रिकिकमार्फत गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन । एन्टोनियो भ्यालेन्सियाले चोट लागेर मैदान छाडे लगत्तै युनाइटेडले अग्रता लिने मौका पाएको थियो । तर, इरिक बेलीको प्रहार क्रसबारमा लागेर फर्केको थियो । युनाइटेडले भन्दा सान जोसेले केहि राम्रा मौका पाएको थियो ।
युनाइटेड प्रशिक्षक जोसे माउरिन्होले दोस्रो हाफमा भने युवा खेलाडीलाई मौका दिएका थिए । प्रि सिजन तयारीमा युनाइटेडले एसी मिलान, लिभरपुल र रियल म्याड्रिडसँग मैत्रीपूर्ण खेल खेल्नेछ । प्रिमियर लिगको तयारीका लागि युनाइटेडसहित अन्य क्लब अहिले भ्रमणमा रहेका छन् । पहिलो मैत्रीपूर्ण खेलमा युनाइटेड १–१ को बराबरी खेलेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]