7 years ago
July 24, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) मा नेयमारको उद्देश्य पुरा भइ नसेकेकोले उनी अझै त्यहि बस्नु पर्ने क्लब तथा ब्राजिलका राइट ब्याक डानी अल्भेसले बताएका छन् । फ्रेन्च च्याम्पियनले गत वर्ष विश्व कीर्तिमानी रकम २ सय २२ मिलियनमा नेयमारलाई स्पेनिस क्लब बार्सिलोनाबाट भित्राएको थियो ।
तर फेब्रुअरीमा लागेको चोटका कारण नेयमारले धेरै खेल गुमाएका थिए । यद्दपी चोट लाग्नुअघि नेयमारले उच्च प्रदर्शैन गरेका थिए । पिएसजी पुगेको केहि समयपछि नै नेयमार स्पेनको अर्को क्लब रियल म्याड्रिड जाने चर्चा सुरु भएको थियो । नेयमार आफै पिएसजीमा सन्तुष्ट नरहेकोले रियल जाने चर्चा लगातार चलेको थियो ।
तर, पछिल्लो समय नेयमारले पिएसजीमै निरन्तरता दिन र च्याम्पियन्स लिग जित्न चाहेको बताइएको थियो । पिएसजीमा पनि अहिले नयाँ प्रशिक्षक थोमस तुचेल छन् । बार्सिलोनाका पूर्व रक्षक अल्भेसले नेयमारले पिएसजीमा थ्रुपै सफलता हात पार्न बाँकी रहेकोले अहिले हतारिन नहुने बताएका छन् ।
‘नेयमार यहि रहनेमा म आशावादी छु । उनले पिएसजीलाई अझै धेरै दिन बाँकी छ । पहिलो सिजनमा लिएको उद्देश्य चोटका कारण पुरा हुन सकेन,’ अल्भेसले भने,‘ योजना अनुसारको सफलता प्राप्त गर्नुपर्दछ । मलाई लाग्छ अहिले नेयमारको उद्देश्य पुरा भएको छैन ।’
चोटग्रस्त अल्भेसले केहि महिना अझै मैदान बाहिर रहनुपर्नेछ । केहि समयअघि उनको घुडाँको शल्यक्रिया गरिएको थियो । चोटका कारण उनले रसिया विश्व कप गुमाएका थिए । नेयमार भने टोलीको प्रि सिजन भ्रमणबाटै टोलीमा समावेश हुने सम्भावना छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]